वाङ्लामा एमालेकाे प्रतिनिधि छनाेट कार्यक्रम सम्पन्न (तस्बिरहरु)


दिपक भुसाल 
वाङ्ला, अर्घाखाँची ।  जिल्लाको वाङ्गलामा नेकपा एमाले अर्घाखाँचीकाे आठाैं जिल्ला अधिवेशनका लागि सन्धिखर्क नगरपालिका वार्ड ५ बाट प्रतिनिधि छनोट कार्यक्रम सम्पन्न भएको छ । 
जस अनुसार शिव प्रसाद अधिकारी, कुष्ण बहादुर अधिकारी , दिपक भुसाल , माेहन बहादुर अधिकारी , रामु बि क,सीता विश्वकर्मा,  सर्वसहमत रुपमा चयन हुनुभएको छ ।  
पार्टीका ५ नम्बर वडाका अध्यक्ष डिलाराम बन्जाडे काे अध्यक्ष मा सम्पन्न कार्यक्रमा प्रमुख अथिति नगर उपाध्यक्ष शिव प्रसाद अधिकारी ,अथिति हरुमा  नगर कमिटि सचिवालय सदस्य कुष्ण बहादुर अधिकारी ,ढुण्डिराज अधिकारी ,घनश्याम पाण्डे ,सीता भुसाल र राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य दिपक भुलास रहनु भएकाे थियाे । 
 कार्यक्रममा वडा कमिटी सदस्य हरुकाे उल्लेखनीय उपस्थित रहेकाे थियाे भने कार्यक्रमकाे सन्चालक दिपक भुसालले गर्नु भएकाे थियाे ।