अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिकामा नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको भेला तथा पालिका कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ ।
सन्धिखर्क नगरपालिकामा निकट युवा संघ नेपालको भेला तथा पालिका कमिटी गठन कार्यक्रम सम्पन्न भएको हो ।
भेलाले अध्यक्षमा टिक बहादुर वली, सचिवमा केशव पुन लगायत ४१ सदस्यीय कमिटी चयन गरेको छ ।
जिल्ला अध्यक्ष पुष्कर पौडेलको अध्यक्षता र केन्द्रिय कमिटी सदस्य तथा अर्घाखाँची जिला इन्चार्ज पिताम्बर भुसालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।