धारापानीमा मसाल निकट अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेला सम्पन्न (तस्बिरहरु)


अजय केसी
धारापानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं ३ धारापानीमा नेकपा मसालको सहायक संगठन अखिल नेपाल युवक संघको प्रशिक्षणात्मक भेला सम्पन्न   भएको छ  ।
भेलाले सागर पोख्रेलको  अध्यक्षतामा २१ सदस्यीय सचिवालय सहित ६५ सदस्यीय भुमिकास्थान नगरपालिका  वडा नं ३ को  समिति  गठन गरेको छ ।जसको उपाध्यक्ष मीन बहादुर नेपाली , सचिव  बिष्णु भाट , सह सचिव   पबित्रा जि  सि र कोषाध्यक्षमा बिष्नी सुनार  चयन हुनुभएको  छ ।
कार्यक्रममा राष्ट्रिय जनमाेर्चाका केन्द्रीय सदस्य झबिलाल थापा  राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य  तथा बामपंथी नेता सागर केसी, अखिल छैठौं का केन्द्रीय अध्यक्ष देबेन्द्र कुंवर, अखिल नेपाल युवक संघका केन्द्रीय सचिव कुलराज खनाल, केन्द्रीय सदस्य  ठाकुर पन्थी, जिल्ला सदस्य  बिजय भाट  ,  राष्ट्रिय जनमोर्चा  भुमिकास्थन 3 का अध्यक्ष डण्डपाणी भुसाल  , भुमिकास्थान नगरपालिका वार्ड नम्बर3 को वडासदस्य  कमला थापा लगायतले प्रशिक्षणात्मक मन्त्वय राख्नुभएको थियो।
कार्यक्रम अखिल नेपाल युवक संघ भूमिकास्थान ३ का अध्यक्ष  सागर पोख्रेलको  अध्यक्षता, बिष्णु भाटको संचालन र  दिपक बन्जाडेको  स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।