सन्धिखर्कमा कांग्रेस नगर समितिको कार्यक्रम सम्पन्न

सुर्य भुसाल 
सन्धिखर्क, अर्घाखाँची ।   नेपाली काङ्ग्रेस का केन्द्रीय सदस्य शान्ति परियारले स्थानिय चुनाब नजिकिँदै गएकोले चुनाबमा होमिन काङ्ग्रेस नेता कार्यकर्ता हरुलाई आग्रह गर्नु भएको छ । 
नेपाली काङ्ग्रेस  सन्धिखर्क नगरसमिति ले आयोजना गरेको  नगर स्तरिय कार्यक्रम लाई सम्बोधन गर्दै केन्द्रीय सदस्य परियारले नेपाली काङ्ग्रेस जन्ताको सारथि लोकप्रिय पार्टि भएको ले काङ्ग्रेस प्रति जन्ताको जनलहर बढेको बताउदै उहाले  अर्घाखाँची जिल्लामा काङ्ग्रेस को नेतृत्वमा बिकास निर्माणका कामहरु भएको प्रतिपक्षले ढाट छल र झुटको खेति गरेर जन्तालाई भ्रम छर्ने काम गरेको भन्दै भ्रमको पछि नलाग्न कार्यकर्तालाई निर्देसन दिनु भयो ।  कार्यक्रममा नेपाली काङ्ग्रेस का जिल्ला सभापति केसब श्रेष्ठले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सग जन्ताको बिचमा गएर भोट माग्ने हैसियत समाप्त भएको आरोप  लगाउनु भयो ।
 
नगरस्तरिय कार्यक्रमलाई सम्बोधन  गर्दै नेता श्रेष्ठले राजनीतिमा पटकपटक एमाले  ला ई जन्ताले परिक्षण गरेकोले र एमालेले जन्तालाई झुक्काउने गरेको कारण जन्ता सग मत माग्ने हैसियत गुमाएको बताउनु भयो  सभापति श्रेष्ठले एमाले लाई जन्ताले दुईतिहाई मत दिदा समेत सरकार चलाउन नसकेर असफल भएको पार्टिलाई जन्ताले मत दिने आधार गुमाएको जिकिर गर्नु भयो।  कार्यक्रममा नेपाली काङ्ग्रेस का पुर्व सभापति तथा सन्धिखर्क नगरपालिका का नगरप्रमुख कमल प्रसाद भुसाल काङ्ग्रेस लुम्बिनी प्रदेस सदस्य शान्ता भन्डारि बिस्नु साप्कोटा  लगाएतले कार्यक्रम लाई सम्बोधन गर्नु भएको थियोे ।  कार्यक्रममा मा नेपाली काङ्ग्रेस का जिल्ला कोषाध्यक्ष बिस्नु क्षेत्री जिल्ला सदस्य ईन्द्रमणि पौडेल भुमि आयोग का अध्यक्ष यादप प्रसाद घिमिरे  प्रचार बिभाग प्रमुख सुर्य प्रसाद भुसाल जिल्ला सदस्य लिला राम गौतम पुर्व जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्का लक्ष्मि श्रेष्ठमहाधिवेशन प्रतिनिधि छमा कार्कि श्रृर्जना बिक  नगरपालिका अन्तरगत निर्वाचित वार्ड अध्यक्ष हरु काङ्ग्रेस पार्टिका वार्ड सभापति  हरु काङ्ग्रेस का अगुवा नेताहरु वार्डका पदाधिकारी हरु नगरका पदाधिकारी हरु को सहभागी तामा कार्यक्रम सम्पन्न भएको हो ।
 कार्यक्रम नगरसभापति बाबुराम भुसालको सभापतित्व नगरसचिब मुक्ति नाथ भुसालको सन्चालनमा सम्पन्न भएको हो ।