खाँचीकोट र डिभर्नामा एकीकृत समाजवादीको चुनावी भेलाहरु सम्पन्न

नविन रसाईली
खाँचीकोट, अर्घाखाँची । नेकपा (एकीकृत समाजवादी) सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोट र १२ डिभर्नामा वडा कमिटी गठन तथा भेलाहरु सम्पन्न भएको छन् । 
आइतबार सन्धिखर्क नगरपालिका ७ र १२ मा नेकपा एकीकृत समाजवादीका वडा कमिटीहरु गठन भएका नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सचिव युवराज पौडेलले जानकारी दिए ।
सन्धिखर्क नगरापालिका ७ मा जेम्स नेपालीको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ भने वडा नं. १२ मा कृष्ण कँवरको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन भएको सचिव पौडेलले जानकारी दिए ।
भेलामा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष सिद्धि प्रसाद भुसाल, सचिव युवराज पौडेल, उपसचिव डेम बहादुर नेपाली, जिल्ला कमिटी सदस्य दुर्गा पराजुली, खेम राज आचार्य, नेपाल दलित मुक्ति संगठन जिल्ला अध्यक्ष गोबिन्द नेपाली लगायतको सहभागीता रहेको थियो ।