वाङलामा क्षमता अभिबृद्धि तालिम कार्यक्रम सम्पन्न

प्रेमनारायण आचार्य
     सन्धिखर्क  । अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वाङलामा  गरिबसंग विशेश्वर कार्यक्रमकाे अायाेजनामा 
क्षमता अभिबृद्धि  तालिम कार्यक्रम सम्पन्न भएको छ । 
तालिमको एक कार्यक्रमका बिच सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसालले उद्घाटन गर्नु भएको हाे । 
तालिमको उद्घाटन गर्दै नगर प्रमुख भुसालले सन्धिखर्क नगरपालिकामा विकासका कामले गति लिएको बताए । उनलेे सडक र भाैतिक पुर्बाधारमा मात्र नभएर मानिसको समग्र विकासमा काम गरिरहेको जानकारी दिए । 
नगर उप प्रमुख ठाकुर कुमार बिक ( किसाेर) ले २०७२ सालको संविधानले समाबेसितालाई प्राथमिकता दिएको बताउनुभयो । 
   कार्यक्रममा सन्धिखर्क ४ का वडा अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ र वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र भुसाल , वडा सदस्यहरु लाेचनादेवी सुनार ,हुमलाल श्रेष्ठ , शिवमाया अाचार्य,  हुमबहादुर घर्ती , साबित्रा बिक,  वडा सचिव अनन्तमणि पाेख्रेल, मेलमिलाप कर्ता कृष्णादेवी बस्नेत लगायतले मन्तब्य राख्नु भएको थियोे । 
तालिमको सहजीकरण नगरपालिकाका शाखा प्रमुख मञ्जु खनाल र राजस्व शाखा प्रमुख मुक्तिराम खनालले गर्नुभएको थियो । 
कार्यक्रम  शुसिला बस्नेतकाे सभापतित्व र वडा सचिव संगिता घिमिरेको सञ्चालन, माया भुसालको स्वागतमा सम्पन्न भएको हाे ।

अन्य समाचारहरु