शितगंगा नगरपालिका -१३ को वडाध्यक्षमा एमालेका दुर्गा विसीको प्यानल विजयी

अनिता क्षेत्री
अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. १३ को वडाध्यक्षमा नेकपा एमालेको प्यानल विजयी भएको छ । ३ दलीय गठबन्धनलाई पछाडी पार्दै एमालेका उम्मेद्वार दुर्गा विसीको प्यानल नै निर्वाचित भएको हो । विसी यस अघिको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
एमाले तर्फका उम्मेद्वार विसीले ६ सय ५६ मत ल्याउनुभएको छ गठबन्धनका उम्मेद्वार तारा पति विसीले ६ सय ३ मत प्राप्त गर्नुभएको हो ।

अन्य समाचारहरु