शितगंगा नगरपालिका – १२ काे मत हराएपछि मतगणना राेकियो

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका – १२ काे मत गणनाकाे क्रममा मत हराएपछि विवाद हुँदा मतगणना राेकिएकाे छ ।
गणनाकाे क्रममा खसेकाे मत संख्या भन्दा कम मत गणना भएपछि विवाद हुँदा मतगणना राेकिएकाे  हो ।
विवादपछि सर्वदलिय बैठक बस्ने भएको छ । सर्वदलिय बैठकपछि मतगणना गन्ने निर्णय गरिने दावी गरिएको छ । 
मत गणनाको अन्तिम नतिजाको परिणाम अपेक्षा गरिएको बेला मत संख्या भन्दा कम मत गणना भएपछि विवाद चर्किएको थियो ।  मतदान केन्द्र बाहिर नेकपा एमाले र गठबन्धनका कार्यकर्ताले नारावाजी गरेका थिए । 
यहाँ मत गणना कछुवाको तालमा भएको छ । भने अर्को स्थानमा थपेर मतगणना छिटो गर्न नेकपा एमाले र गठबन्धनका कार्यकर्ताले माग गरिरहेका छन् । 

अन्य समाचारहरु