शितगंगा नगरपालिकाकाे मेयरमा कांग्रेसका छबिलाल पाैडेल र उपमेयरमा एमालेकी गिता भाट विजयी

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा  , अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाकाे प्रमुखमा गठबन्धन कांग्रेसका छबिलाल पाैडेल र  उपप्रमुखमा एमालेकी गिता भाट विजयी भएका छन् ।  
                              कांग्रेसका छबिलाल पाैडेल र  उपप्रमुखमा एमालेकी गिता भाट 
शितगंगा नगरपालिकाकाे प्रमुखमा गठबन्धन कांग्रेसका छबिलाल पाैडेल र  उपप्रमुखमा एमालेकी गिता भाट विजयी भएका हुन् । 
गठबन्धनबाट कांग्रेसका छविलाल पौडेल मेयर पदमा १० हजार ७८ मतका साथ विजयी भएका हुन्।   उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बसन्तकुमार श्रेष्ठले ९ हजार ८ सय ९२ मत लिएर पराजित भएका हुन्। यस्तै उपमेयरमा नेकपा एमालेकी गिता भाटले १० हजार २ सय ८८ मत लिएर विजयी भएकी छन्।
उनका निकटमत प्रतिद्वन्द्वी माओवादी केन्द्रका टिकाबहादुर रेस्मीले ८ हजार ५७ मत प्राप्त गरेर पराजित भएका हुन्।

अन्य समाचारहरु