शितगंगा -१२ दुई मतले आफुहरुले जितिसकेको कांग्रेसको दावी | पुनः गणना गर्नुपर्ने एमालेको माग

लक्ष्मण घिमिरे 
ठाडा, अर्घाखाँची  । अर्घाखाँचीका ६ वटै स्थानियतहमा पालिकास्तरको मत परिणाम सार्वजनिक भईसकेको छ । जिल्लाका सबै ६१ वडाको मतगणना सम्पन्न भएको छ ।
६१ मध्ये ६० वडाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ । एउटा वडामा भने विवाद देखिएको छ । शितगंगा नगरपालिका–१२ को मतगणना गर्दा सुरुमा नेपाली कांग्रेसको २ मत बढी देखियो । नेता कार्यकर्ता नतिजा घोंषणाको पर्खाईमा थिए । तर, पुनः गणना गर्नुपर्ने माग राख्दै एमालेले विवाद झिक्यो । पुनः मतगणना गर्दा अहिले बराबर मत आयो भन्ने निर्वाचन आयोगले सुचना जारी गर्‍यो ।
नेपाली कांग्रेसले यो नियोजित षड्यन्त्र भएको भन्दै दुई मतले आफुहरुले जितिसकेको दावी गरेको छ । निर्वाचन आयोगले गोलाप्रथा गराउने तयारी गरेको छ ।तर, नेपाली कांग्रेसले दुई मत बढी हुँदाहुँदै गोलाप्रथामा आफुहरु नजाने अडान राखेको छ ।
जिल्लाका सबै स्थानको अन्तीम मत परिणाम आउँदा एउटा वडाको विवादले गर्दा रोकिएको छ ।

अन्य समाचारहरु