शितगंगा नगरपालिकामा कार्यपालिका सदस्यका लागि मनोनयदर्ता

अराज बेल्बासे
ठाडा । शितगंगा  नगरपालिकामा कार्यपालिका सदस्यका लागि मनोनयदर्ता भएको छ । 
स्थानिय तहको निर्वाचन सम्पन्न भए सँगैनिर्वाचित सदस्यहरुबाट मनोनयन हुने कार्यपालिका सदस्यको निवार्चनको लागि उमेदवारहरुले उमेदवारी दर्ता गराएको निर्वाचन कार्यालय शितगंगाले जनाएको छ ।
नगरपालिकामा निर्वाचित ७२ जना जनप्रतिनिधीहरुले निर्वाचनमा भाग लिने छन । कार्यपालिकामा ५ जना महिला नगरकार्यपालिका सदस्य निर्वाचित हुने छन भने ३ जना दलित तथा अल्पसंख्यक निर्वातिच हुने छन वडा अध्यक्ष मेयर उपमेयर सहित २४ जना कार्यपालिका सदस्य रहने ब्यवस्था जसको लागि एमालेले ५ जना महिला सदस्य तथा ३ जना दलित कार्यपालिका सदस्यको उमेदवारी दिएको छ भने काग्रेसले ३ जना महिला र १ जना दलित कार्यपालिका सदस्यको लागि उमेदवारी दर्ता गराएको छ यस्तै माओवादी केन्द्रले २ जना महिला सदस्य र ३ जना दलित सदस्यको उमेदवारी दर्ता गराएको छ
 यस्तै एकिकृत समाजवादी पाटीले दलित १ जना र महिला सदस्य १ जना उमेदवारी दिएको छ ।
 

अन्य समाचारहरु