शितगंगाको कार्यपालिका निर्वाचन सम्पन्न | एमालेका ३७ र गठबन्धनका ३५ सदस्य निर्वाचित

बिकास घिमिरे
ठाडा ।  शितगंगा नगरपालिकाको कार्यपालिका निर्वाचन सम्पन्न भएको छ । कार्यपालिकामा निर्वाचित ५ जना महिला नगरकार्यपालिका सदस्य ३ जना दलित तथा अल्पसंख्यक वडा अध्यक्ष मेयर उपमेयर सहित २४ जना कार्यपालिका सदस्य रहने ब्यवस्थामा जसको लागि एमालेले ५ जना महिला सदस्य तथा ३ जना दलित, काँग्रेसले ३ जना महिला र १ जना दलित ,माओवादी केन्द्रले २ जना महिला सदस्य र ३ जना दलित सदस्य यस्तै एकिकृत समाजवादी पाटीले दलित १ जना र महिला सदस्य १ जनाले कार्यपालिका सदस्यको उमेदवारी दिएका थिए ।
जस्मा ८ जना कार्यपालिकाको लागि भएको निर्वाचनमा एमालेका ८ जनानै बिजयी भएका छन । बिजयी हुनेमा चुरा बहादुर बि.क. बोम बहादुर बि.क.,मान बहादुर नेपाली,गंगा थापा, बिष्णु भट्टराई ,पुस्पा गाहा,कमला परियार,हेम कला बि.क.गरी ८ जना नेकपा एमालेको प्यानल सहित बिजयी भएको छ।
एमालेका ३७ र गठबन्धनका ३५ सदस्य निर्वाचित भएकोमा ७२ जनाले कार्यपालिका सदस्यका लागि निर्वाचनमा भाग लिएकोमा ३ वटा मत बदर समेत भएका थिए भने २ जना एमालेका महिला कार्यपालिका सदस्यले गठबन्धनका समेत मत पाएका थिए ।
नगरपालिकामा नया निर्वाचित प्रतिनिधिहरुको पहिलो कार्यपालिकाकाे निर्णयमा २ वटा एम्बुलेन्स खरिद गर्ने ८४ उमेर पुगेका जेष्ठ नागरिकलाई समान स्वरुप वार्षिक २५ हजार  नगद दिने निर्णय गरेको छ। तेस्तै कक्षा १२ सम्म निशुल्क शिक्षाको पनि सर्वसम्मत निर्णय भएको छ।

अन्य समाचारहरु