सिमलपानीमा नागरिकता सच्याएर बृद्धभत्ता खाने पक्राउ (पुरा विवरण सहित)

प्रेमनारायण आचार्य
सिमलपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका-१३ मा नागरिकता केरमेट गरेर बृद्ध भत्ता खाने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शितगंगा नगरपालिका-१३ सिमलपानीका केश बहादुर भाटलाई नागरिकता केरमेट गरेर बृद्धभत्ता खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरिक्षक शंकर खड्काले बताए।
उनले नागरिकतामा भएको जन्ममिति २०१६।८।२४ लाई केरमेट गरी २०००।८।२४ बनाएर सामाजिक सुरक्षा भत्ता लिएको अनुसन्धानका क्रममा देखिएको छ। उनको मतादाता परिचय पत्रमा २०१६।८।२४ गतेनै रहेको भेटिएको प्रहरीको भनाई छ। 
पक्राउ परेका भाटलाई जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखि अनुसन्धान भैहरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बताएको छ। 

अन्य समाचारहरु