जुकेना स्वास्थ्य चौकीमा समाजसेवा तथा वातावरण र सँस्कृति संरक्षण समुहद्धारा अनुगमन

अनिल नेपाली 
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । आईपास नेपाल को साझेदारी सस्था समाजसेवा तथा बाताबरण र सँस्कृति सरक्षण समुह अघाखाँचीको आयोजनामा जिल्लाको सितगगा नगरपालिका वडा न ५ जुकेनामा रहेको जुकेना स्वास्थ्य चौकीको आज अनुगमन गरिएको छ । 
अनुगमन कार्यक्रममा मन्तव्य राख्दै अन्तरपार्टी  महिला सञ्चाल केन्द्रिय उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य कमला रोकाले सबिधानले  महिलालाई आर्थिंक सामाजिक शैक्षिक स्वास्थ्य को अधिकार पुर्ण रुपमा प्रदान गरेतापनि  समाजमा रहेको पुरातान्वादि सोचका कारण आशिक अधिकार प्रदान गरेतापनि महिला मैत्री हुन  नसकेको महिलालाईअधिकार प्रदान गर्न महिलामैत्री  बजेट ल्याउनका का निरन्तर  रुपमा  ससदमा आफुहरु लागि परेको बताउदै महिलाको उत्थानको लागि देशमा भएका विभिन्न किसिमका आन््दोलनमा निरन्तर लागि परेको बताउदै राज्यका कार्यांपालिका न्यायपालिका व््यबस्थापिका मा सविधानले निदिष्ट गरेका अधिकार अझै पनि लागू हुन नसकेको बताउदै महिलाका समस्या प्रती आफू जिम्मेवार सशक्त रुपमा  अझ लाग्ने  बताईन् कार्यक्रममा अन्तरपार्टी महिला सञ्चाल  केन्द्रिय महासचिव तथा पुर्ब सभासद ममता गिरिले महिलाको नितिगत सशक्तिकरणका लागि अधिकार सम्पन्न गराउनको लागि अन्तर पाटि महिला सञ्जालले खबरदारी गरिरहेको बताउदै महिलालाई अधिकार सम्पन्न गराउन सुरक्षित मातृत्वको प्रत्याभुमि गराउन को लागि निरन्तर रुपमा  लागि पर्ने बताइन् 
 कार्यक्रममा आईपास नेपाल निति निर्माण सल्लाहकार माधबी ब्रर्यचार्य अन्तर  पाटि महिला सञ्चाल जिल्ला सचिब दिपा आचार्य नेकपा एमाले जिल्ला  उपाध्यक्ष ईश्वरा पोख्रेल , अन्तर  पाटि महिला सञ्चाल जिल्ला सदस्य शुसिला गैरे वडा सचिब  कुशुम थापा लगायतको आतिथ्यता  रहेको थियोे कार्यक्रम नबनिर्वाचि बडा अध्यक्ष तथा स्वास्थ्य चौकी व्यबस्थापन समितिका अध्यक्ष चन्द्रमणि  बेल्बासेको अध्यक्षता  सस्थाका पुर्ब अध्यक्ष  बाबुराम पौडेलको सञ्चालनमा  सम्पन्न कार्यक्रममा  सस्थाकी कार्यकारी  निर्देशक लक्ष्मी पौडेल  पत्रकार  अनिल नेपाली लगायतको आथ्यिता रहेको थियोे । 
सस्थाले सञ्चालन गरेको कार्यक्रमले  आफुलाई निकै धेरै फाइदा भएको बताउदै यस्ता कार्यक्रम जनताको बिचमा ल्याउदा आफुहरु लाभान्वित हुने स्थानीय स्वयमसेविका चन्द्रकला न्यौपाने स्थानीय समाजसेवी मिना पौडेल लगायतले बताए संस्थाले विगत लामो समयदेखि अर्घाखाँची जिल्ला लगायतका जिल्लामा सुरक्षित मातृत्व सुरक्षित गर्भपतन , महिलाहरुको नितिगत सशक्तिकरणको लागि लामो समयदेखि कार्यक्रम गदै आएको छ संस्थाले गरेको कार्यक्रमले जनता र प्रत्यक्ष सेवाग्राहीलाई समेत फाईदा पुगेको आफुले जुनसुकै अबस्थामा सहज सेबा उपलब्ध गराएको अनमी कबिता शाहको भनाई रहेको छ । 
यस्तै संस्थाले सितगंगा नगरपालिका नगर प्रमुख छविलाल पौडेल उपप्रमुख गिता भाट प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल लाई भेटि निति गत मा महिलाका हक अधिकारको लागि पहल गरिदिनको लागि आग्रह गरेको छ ।

अन्य समाचारहरु