शितगंगाका ३ नयाँ अनुहारबाट गाउँ विकासको आशा

 गोविन्द रसाइली 
 शितगंगा  ।  हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपालको सबैभन्दा ठुलो नगरपालिका शितगंगा नगरपालिकामा ३ वटा वडामा नयाँ आशा बोकेका ३ युवाको उदय भएको छ । 
विभिन्न दलका पुराना तथा पाका नेताहरुलाई पछाडी पार्दै उनीहरु वडाको चाँवी समाल्ल सफल भएका हुन । शितगंगाको वार्ड नम्बर १,१० र ११ मा पुराना नेतालाई पछि पार्दै ती युवाले जीत हासिल गरेका हुन् । 
शितगंगा १ मा गत सालको निर्वाचनमा ५ भोटले पछाडी परेका  ३६ वर्षीय मान बहादुर सिंजापती यसपालिको निर्वाचनमा नेकपा एमालेका तर्फबाट उमेदवारी दिएका कणर्बहादुर भटराईलाई पराजित गराउँदै जित हासिल गरे भने वार्ड नम्बर १० मा पनि विभिन्न संघ संस्था तथा शिक्षण पेशामा आवद्ध भएर गाउँको सेवा गरेका साविकको सिद्धारा गाविसका ३४ वर्षीय केशब प्रसाद बेलबासेले नेपाली कांग्रेसका भुतपूर्व वडा अध्यक्ष हिम्मत पाख्रेललाई पराजित गराएर युवा पुस्ताको प्रतिनीधित्व गदै वडाको बागडोर समाल्ल आएका छन् । त्यस्तै साविकको सिद्धारा गाविसकै र हालको शितगंगा नगरापालिका वार्ड नम्बर ११ मा पनि नेकपा एमालेका युवा नेता र गाउँको सेवामा लागि परिरहने नेताको परिचय बनाएका युवा नेता नवराज भुसालले नेपाली काँग्रेसका उमेदवारलाई पछाडी पार्दै जित हासिल गरेका हुन ।
यी ३ वडामा युवाको प्रतिनिधित्व गर्दै वडाको विकास गर्ने स्थानमा पुग्दा गाउँलेहरुले पनि उत्साहित भएका छन् । अव गाउँमा केही हुन्छकी भन्नेमा विस्वस्त भएका छन् । 
यी  तीन युवाहरुले वडामा फरक परक काम गर्ने प्रतित्रद्धता जायर गर्दै कार्यभार समालेपछि वडावासीले केही हुन्छ कि भन्ने आस गरेको बताएका छन् । 
शितगंगा नगरपालिकाका वार्ड नम्बरका १ का नव निर्वाचित वडा अध्यक्ष सिंजापतीले वडामा न्यायीक समिती निर्माण गरी न्याय सम्बन्धी काममा छिटो छरिदो गरिने र कसैलाई पनि अन्याय हुन नदिनुका साथै वडामा सबै खालको विभेद अन्त्य गर्दै विकास गर्ने  प्रतिवद्धता जायर गर्दै वडा अध्यक्षको कार्यभार समालेका छन भने शिक्षा क्षेत्रमा लामो समय बिताएका बेल्बासेले आप्mनो वडाभित्र विद्युतको पहँुच भएको विद्यालयमा तत्कालै प्रारम्भिक बालविकास केन्द्रमा विद्यार्थी भर्नादर बढाउन र विद्यालयमा विद्यार्थीको भनर्नादर टिकाउन ३२ इन्चिको टेलिभिजन तत्कालै जोड्ने र विशेष गरी शिक्षा र यातायातको क्षेत्रमा काम गर्ने प्रतिवद्धता जायर गर्दै पदभार ग्रहण गरेका छन् । 
त्यस्तै शितगंगा ११ का वडा अध्यक्ष नवराज भुसालले पनि जनताको सुविधाको लागि वडाको दुई स्थानमा रहेका वडा कार्यलयबाट आलोपालो गरी सेवा दिने, त्यस्तै शिक्षा,स्वास्थ,यातायात र विकासका पुर्वाधारहरुलाई गाउँगाउँमा पुराउने र जनतालाई खुसी बनाउँदै सेवा गर्ने प्रतिवद्धता जायर गर्दै अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

अन्य समाचारहरु