विकासी कामकाे एक्सनमा उत्रिए शितगंगा – १० का अध्यक्ष बेलबासे

गाेविन्द रसाइली
शितगंगा । कुनै  वडा अध्यक्ष अझै पनि विभिन्न सम्मान ग्रहण कार्यक्रममा व्यस्त भै रहदा शितगंगा नगरपालिका वार्ड नम्बर १० का वडा अध्यक्ष केसव प्रसाद बेलबासे चुनावी घाेषणा पत्रमा उल्लेख गरे अनुसार जनताकाे घरटाेलमा पुगेर विकासका कामलाई प्राथमिकता दिएका छन् । 
मंगलबार उनी  अहिलेसम्म विद्युतकाे पहुँच पुग्न नसकेको  सिध्दाराकाे बाटुले,काठेखाेला र सामकाेट लगायतका क्षेत्रमा विद्युत प्राधिकरण अर्घाखाँचीका कर्मचारी भाेला पाण्डे ,दामाेदर खनाल र  ठेकेदार दिपक कार्की लगायत अावश्यक जनशक्तिलाई  लिएर उक्त स्थानमा पुगेर स्थलगत अध्ययन  गरेका छन् ।
अध्ययनका  क्रममा काठेखाेला क्षेत्रमा हाइटेन्सन लाइनकाे सर्वेक्षण समेत गरिएकाे छ ।
उक्त क्षेत्रमा विद्युतीकरण गर्नका लागि २५ थान पाेल,६ किलोमिटर तार अावश्यक रहेकाे उनले बताए ।
पुरानाे याेजनामा काम सम्पन्न हुन नसकेका सामकाेट लगायतका क्षेत्रमा छिट्टै बत्ती बाल्न अावश्यक प्रक्रिया अगाडि बडेकाे समेत उनले जानकारी दिए ।
चुनाव जितेपछि काममा सकृय भएकाे देख्दा र विद्युतकाे उज्यालाेमा छिट्टै बस्न पाउने भन्दै स्थानीयहरुले  खुसी समेत ब्यक्त गरेका छन भने अहिलेसम्म विद्युतकाे पहुँच नपुगेको क्षेत्रमा छिट्टै पुराउने भन्दै अध्यक्ष बेलबासेले स्थानीयहरु सामक्ष प्रतिबद्धता जायर गर्दै अावस्यक सहयाेग गर्न समेत अाग्रह गरेका छन् ।

अन्य समाचारहरु