दुर्गाफाँटमा पाणिनीका प्रधानाध्यापकको क्षमता अभिवृद्धि तालिम कार्यक्रम समापन

डिआरजी सुमन 
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  पाणिनी गाँउपालिका प्रधानाध्यापककालाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धिव्यवस्थापकिय तालिमको कार्यक्रम सम्पन्न भएको छ । 
पाणिनी गाँउ पालिका पालिका सभाहल र पाणिनि गाँउ पालिका ५ भानु मावीमा चारदिन सम्म संचालित तालीममा पाणिनि गाँउ स्थितसम्पूर्ण विद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि को उपस्थिति रहेको तालिम अति प्रभावकाली रहेको अर्घाखाँचीको शैक्षिकधरोहर मानिने हरिहर संस्कृत तथा साधारण मावि का प्रधानाध्यापक विष्णु पोखरेलले वताउनु भएको छ । 
पाणिनी गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालको अध्यक्षता मा सम्पन्न समापन समारोह मा अर्घाखाँचीको एकमात्रखुला विद्यालय शिव मदन मावी का प्रधानाध्यापक राजेन्द्र पौडेलले प्रशिक्षण उत्कृष्ट रहेको वताउनु भएको छ । पाणिनि गाँउ पालिकाकोसभाहलमा समपन्न कार्यक्रम वाट विद्यालयमा व्यावस्थापकीय सुधार गर्न सहजता हुने वताउदै अव विद्यालयमा आफुले सिकेको विषयशिक्षक र विद्यार्थी मा लागु गर्नेगरी जाने कमला माविका प्रधानाध्यापक गोविन्द पन्थीले पत्रकार डिआरजी सुमन सँग प्रतिक्रिया दिनुभएको छ ।
पाणिनी गाँउ पालिका युवा खेलकूद तथा शिक्षा साखा अधिकृत तेज वहादुर खनालको संचालनमा कार्यक्रम सम्मान भएकोथियो । – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची । 

अन्य समाचारहरु