ठाडाको श्री दरबारे आधारभुत विद्यालय खुम्चिकोटमा पुर्व विधार्थीले गरे शिक्षकलाई सम्मान

भक्तिराम घिमिरे
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  शितगंगा नगरपालिका १२ ठाडा स्थित श्री दरबारे आधारभुत विद्यालयमा पुर्व विधार्थी समाजद्वारा शिक्षक, अभिभावक , पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष , जेस्ठ नागरिक र विधार्थीलाई सम्मान कार्यक्रम सोमवार  सम्पन्न भएको छ । 
नतिजा प्रकाशन कार्यक्रमको  अवसरमा सम्मान गरिएको कार्यक्रममा विद्यालयमा स्थापना काल देखी शिक्षण पेशामा आवद्ध भएर समृद्ध समाज निर्माण र दक्ष जनशक्ति उत्पादनका लागि योगदान गरिरहेका शिक्षक र विद्यालयलाइ आर्थिक र भौतिक रुपले सहयोग गरेका पुर्व अध्यक्ष तथा समितिलाई सम्मान गरिएको हो।
सम्मानित शिक्षकहरुलाई पुर्व विद्याथी समाजका अध्यक्ष  यमलाल भण्डारी तथा स्कूलका  बर्तमान प्रधानाध्यापक  खगिस्वर घिमिरेले सम्मान पत्र र खादाले सम्मान गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अथिति विद्यालयका सस्थापक शिक्षक भक्ति प्रसाद बेल्बासेले शिक्षण पेशा एक सम्मानित पेशा भएको र यस पेशालाई मर्यादित र सम्मानित बनाउनु पर्ने बताउनु भयो। 
विद्यालयका पुर्व अध्यक्ष  लिलामणी पौडेलले आफ्नो घरायसी कामको बाबजुत पनि विद्यालयमा निरन्तर लागि पर्ने शिक्षकको विद्यालय प्रतिको लगाव र धैर्यताको सम्मान गर्न आवस्यक भएको बताउदै सम्मन गर्ने भुतपुर्व विद्याथी समाजलाई धन्यवाद समेत दिनुभयो ।
कार्यक्रममा पुर्व विधार्थी रिसिकेश बिकले स्वागत मन्तव्य र  शिव बेल्बासेले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो। र संयोजक यमलाल भण्डारिले कार्यक्रमको समापन गर्नुभएको थियो।

अन्य समाचारहरु