अड्गुरीमा सुमन फ़ैन्स कल्वका सचिवालय सचिव नेपालीको जन्मदिनको अवसरमा शैक्षिक सामग्री वितरण (भिडिओ, फोटो)

डिआरजी सुमन
अड्गुरी, अर्घाखाँची (अर्घाखाँची डटकम) मानवीयता निष्पक्षता पत्रकारिता उद्देश्य लिएर विभिन्न सामाजिक कार्य गर्दै आएको  डिआरजीसुमन फ़ैन्स कल्वले वुधवार पाणिनि गाँउ पालिका वडा नं ७ स्थित भगवती आधारभूत विद्यालयका अति विपन्न आठजना विद्यार्थी लाईशैक्षिक सामग्री कापी पेन वितरण गरेको छ ।
शैक्षिक सामग्री वितरण कार्यक्रम लिएर भगवती आधारभूत विद्यालय पुगेका स्वतन्त्र पत्रकार डिआरजी सुमन ले विद्यार्थी लाई जन्मदिनमनाउदा के कुरामा ध्यान दिनु आवश्यक छ भन्ने विषयमा जानकारी गराउने काम भएको छ ।
पाणिनि गाँउ पालिका ०७ का जनप्रतिनिधी प्रेम थापाको प्रमुख आथित्यता,स्वतन्त्र पत्रकार डिआरजी सुमन को विशिष्टआथित्यता,शिक्षक तिलक वोल्वासेको संचालनमा सम्पन्न कार्यक्रममा विद्यालय व्यावस्थापन समिती अध्यक्ष को अध्यक्षता रहेको थियो।
भगवती आधारभूत विद्यालयका शिक्षक अभिभावक संघका पदाधिकारी,विद्यालय व्यावस्थापन समिति का पदाधिकारी, स्थानिय अभिभावक, विद्यार्थी, शिक्षक स्टाफ़, डिआरजी सुमन फ़ैन्स कल्व सचिवालय सचिव नेत्र नेपाली, सदस्य श्यामलाल पौडेल, मन्जु कार्कि लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो । 
डिआरजी सुमन फ़ैन्स कल्व नेपाल का सचिवालय सचिव नेत्र वहादुर नेपालीकोजन्मदिन को अवसरपारी आठजना विद्यार्थी लाई शैक्षिक राहत वितरण गरेको प्रति विद्यालय व्यावस्थापन समितिकाअध्यक्ष,प्रधानाध्यापक धर्मराज पन्थी लगायतले खुलेर प्रसंसा गर्नु भएको थियो ।
वुधवार नै उक्त विद्यालयवाट कक्षा ८ उत्रिण गरी अन्यविद्यालयमा जाने तयारीमा रहेका विद्यार्थीलाई विदाई,वार्षिक परिक्षामा कक्षागत प्रथम द्धितिय र तृतीय हुन सफल विद्यार्थी लाईपुरस्कार वितरण कार्यक्रम समेत सम्पन्न भएको थियो । – तस्वीर डिआरजी सुमन/अड्गुरी अर्घाखाँची ।

अन्य समाचारहरु