शितगंगा – १४ बिक्रमसोतामा बालबिवाह न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न (भिडिओ, फोटो फिचर सहित)

केशबराज ज्ञवाली 
बिक्रमसोता (अर्घाखाँचीडट्कम ) शितगंगा नगरपालिकाको बिक्रमसोतामा बालबिवाह न्युनिकरणमा संचारमाध्यम र स्थानिय समुदायको भुमिका बिषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । 
उक्त क्षेत्रमा बालबिवाहका घटनाहरु अन्यत्रको तुलनामा बढि भएको महशुश गर्दै अर्घाखाँची मिडिया हाउसको आयोजना र शितगंगा नगरपालिकाको सहयोगमा आज एकदिने छलफल तथा गोष्ठी कार्यक्रम गरिएको हो ।
     कार्यक्रममा बोलदै शितगंगा नगरपालिकाका प्रवक्ता तथा वार्ड १४ का वार्ड अध्यक्ष दामोदर न्यौपानेले स्थानिय समुदाय संगको समन्वयमा बालबिवाहको समस्या हटाउन कस्तो योजना चाजिन्छ तेस्तै रुपमा सहयोग गर्न आफु तयार रहेको बताएका छन  ।
कार्यक्रममा बोल्दै अन्य उपस्थित बक्ताहरुले पनि  बालबिवाह न्युनिकरणको लागि स्थानिय समुदायको विशेष भुमिका रहेको औल्याएका  छन ।
उनिहरुले थप प्रष्ट पार्दै  अभिभावकहरु थप सजग र चनाखो बन्दै आफ्ना बालबालिकाहरुलाइ शिक्षा  दिक्षामा कुनै कमि नराखेमा समस्या न्यूनीकरणमा सहज हुने पनि बक्ताहरुले औल्याएका छन । उनिहरुले संचार माध्यमलाइ पनि वृतचित्र र सचेतना नाटकहरु प्रदर्शन गरेर समस्या समाधानमा सहयोग गर्न पनि अनुरोध गरेका छन ।
       वार्ड नं१४ को सभाहलमा गरिएको उक्त कार्यक्रममा वर्ड न १४ का सचिव मोदनाथ न्यौपाने , श्री पावर माबि का प्र अ  नहकुल रेश्मि , पावर स्वास्थ चौकिका एच ए शिब पन्थि , लक्षित समुदायका तर्फ बाट कक्षा ९ र १० मा पढ्ने एक एक जना बिध्यार्थि हरुले आफ्ना धारणा राखेका थिए ।
 वार्ड अध्यक्ष दामोदर न्यौपाने प्रमुख अथिति रहेको  कार्यक्रम अर्घाखाँची डटकमका समाचार प्रमुख केशबराज ज्ञवालीको सहजीकरण र अर्घाखाँची मिडिया हाउसका संचालक मेहर सिंह के.सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्य समाचारहरु