पोखराथोकमा पाणिनीका निवर्तमान जनप्रतिनिधीको सम्मान तथा परिचयात्मक कार्यक्रम सम्पन्न (भिडिओ, फोटो)

डिआरजी सुमन
पोखराथोक, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । पाणिनीका निवर्तमान जनप्रतिनिधीको सम्मान तथा परिचयात्मक कार्यक्रम पाणिनि गाँउ पालिका वडा नं २ को कार्यालय पोखराथोकमा सम्पन्न भएको छ ।
नव निर्वाचित पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने,उपाध्यक्ष नर्मदा पौडेल,४ नं वडा अध्यक्ष हरी प्रसादघिमिरे,५ नं वडा अध्यक्ष ईन्द्रमणी घिमिरे लगायतका जनप्रतिनिधीको उपस्थितिमा पाणिनि गाँउ पालिका वडा नं २ का नव निर्वाचितवडाध्यक्ष चन्द्राकान्त पौडेलले पाणिनि गाँउ पालिकाका निवर्तमान अध्यक्ष अच्युत गौतम ,उपाध्यक्ष लक्ष्मी गौतम,२ नं वडा अध्यक्ष नेत्रप्रसाद भट्टराई लगायतका जनप्रतिनिधीलाई सम्मान पत्र र दोसल्ला ओढ़ाएर सम्मान गरेका छन ।
पाणिनि गाँउ पालिका २ नं वडा सचिव गोविंद विक को संचालन र पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुखआथित्यका,निवर्तमान अध्यक्ष अच्युत गौतम को विशिष्ट आथित्यता रहेको कार्यक्रम पाणिनि गाँउ पालिका वडा नं २ को कार्यालयआफ्रामा सम्पन्न भएको छ ।
पोखराथोकमा आयोजित कार्यक्रममा पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलालभुसाल,पोखराथोक स्वास्थ्यचौकि प्रमुख,खिदिम प्रहरी चौकी प्रमुख,हरीहर संस्कृत तथा साधारण मावीका प्रधानाध्यापक,स्वतन्त्रपत्रकार डिआरजी सुमन लगायतका स्थानीय समाजसेवीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
पाणिनि गाँउ पालिकाअध्यक्ष टेकराज न्यौपानेले पाणिनि गाँउ पालिका का निवर्तमान अध्यक्ष सहित को टिमलाई सफलतापूर्वक ५ वर्षीय पदाधिकार रज़िम्मेदारी पुरा गरेको मा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा सल्लाह सुझाव सहित पाणिनिको विकास मा जुट्ने वताउनु भएको छ ।
यस्तै निवर्तमान अध्यक्ष अच्युत गौतमले समृद्ध पाणिनि वनाउने कार्यलाई आफुले सहयोग गर्नको लागी सदा तत्पर रहने वताउनु भएको थियो – तस्वीर डिआरजी सुमन/पोखराथोक अर्घाखाँची ।

अन्य समाचारहरु