सिमलपानीको करेचुलीमा जीप दुर्घट्ना हुँदा एकै घरका २ जना सहित ६ जना घाईते

अनिल नेपाली | बिष्णु कुमार आले
सिमलपानी, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर – १४ सिमलपानीको करेचुलीमा अहिले केही समय अगाडि भएको जिप दुर्घटनामा परि एकै घरका २ जना सहित ६ जना घाईते भएका छन् । 
सिमलपानीको करेचुलीबाट सालझन्डी तर्फ जाँदै गरेको लु १ ज १९४८ नम्बरको जिप करेचुलीमा दुर्घटना हुदा अर्घाखाँची शितगंगा १४ करेचुलीका ४० बर्षिय मनकला दर्लामी,पाल्पा रैनादेवी छहरा ८ का जीव चालक २३ बर्षिय ज्ञान बहादुर रेश्मी ,शितगंगा १४ का सहचालक २२ बर्षिय खुमन सुर्यवंशी,सोही ठाउँका नन्द बहादुर घर्ती ,शितगंगा १३ मुसियानका ६० बर्षिय टेक बहादुर रजाली र उनकाे श्रीमती ४९ बर्षिय दिलकला रजाली घाईते हुनु भएको छ । 
ओरालो सडकमा एक्कासी ब्रेक फेल भई अनियन्त्रित हुदा मोडबाट करिव १६ मिटर तल खसी जिप दुर्घटनामा परेको हो । घाईते मध्ये मनकला दर्लामीलाई थप उपचारका लागि लुम्बिनी अन्चल अस्पताल बुटवलमा लगिएको छ भने अन्य ५ जनाको सामुदायिक अस्पताल कपिलवस्तुमा उपचार भैरहेको छ ।

अन्य समाचारहरु