पालीका एक व्यवसायी गोरुसिङ्गे चोक लोकेसनबाट बेपत्ता

अनिस मिया | अर्घाखाँचीडट्कम संवाददाता  
पाली, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामाको पाणिनी ८ पालीका एक युवा व्यवसायी बेपत्ता भएका छन् ।  
पाली घर भैइ हाल बुटवलमा आफ्नो ब्यबसाय गर्दै आएका फिरोज अलि (फिरुल) जेठ ३० गतेदेखि बेपत्ता भएका छन् ।   
जेठ ३० गते आफ्नै घर बुटवलदेखि नेपालगन्ज जान्छु भनी हिडेको र आजसम्म कुनै पनि  सम्पर्कमा  नआएकोले मोबाइलको लोकेसन  ट्राक गर्दा अन्तिम लोकेसन गोरुसिङ्गे चोकमा देखिएको र त्यसपछि मोबाइल स्वीच अफ भएकोले बताइएको छ । 
कसैले देखेमा नजिकैको प्रहरी कार्यालय तथा  ९८५७०५७८४८,९८४७०९२८४८,९८५७६२६००१ नम्बरमा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ । 

अन्य समाचारहरु