पाणिनीको दुर्गाफाँटमा अन्तरविद्यालय स्तरिय राष्ट्रपति रनिंगसिल्ड प्रतियोगिताको भव्यत रुपमा उद्घाटन

डिआरजी सुमन
दुर्गाफाँट, वुधवार ०८ असार २०७९ (अर्घाखाँचीडट्कम) । पाणिनी गाउँपालिकाको दुर्गाफाँट वरका रुख स्थित खेल मैदानमा मंगलवार राष्ट्रपति रनिंग सिल्डप्रतियोगिताको भव्यताका साथ उद्घाटन समारोह सम्पन्न भएको छ ।
पाणिनी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालको अध्यक्षता,पाणिनि गाउ पालिका अध्यक्ष टेकराज न्यौपानेकोप्रमुख आथित्यता,पाणिनि गाँउ पालका उपाध्यक्ष नर्मदा गौतम,पाणिनि गाँउ पालिका युवा,खेलकूद , शिक्षा शाखा अधिकृत तेज वहादुरखनाल,पाणिनि गाँउ पालिका २ नं वडा अध्यक्ष चन्द्राकान्त पौडेल,पाणिनि गाँउ पालिका ३ नं वडाध्यक्ष युवराज ज्ञावली,स्वतन्त्र पत्रकारडिआरजी सुमन,विभिन्न विद्यालयका शिक्षक,पाणिनि गाँउ पालिका कर्मचारीको सहभागिता रहेको उद्घाटन समारोह कार्यक्रमलाईपाणिनि स्पोटर्स एकेडमी का सचिव लक्ष्मण गौतमले संचालन गर्नु भएको थियो ।
पाणिनि गाँउ पालिक अध्यक्ष न्यौपानेले व्यानर पढेर कार्यक्रम उद्घाटन गर्दै पाणिनिमा खेल विकासको लागी स्थानीय सरकारलेआवश्यक सहयोग गर्ने वताउनु भएको छ । पाणिनि गाँउ पालिका २ नं वडाध्यक्ष चन्द्रकान्ता पौडेलेले राष्ट्रपति रनिंग सिल्ड खेलआयोजक प्रति खुसी  व्याक्त गर्दै वडावाट खेलाडीलाई सहयोग गर्न तयार रहेको वताउनु भएको छ ।
विद्यालय स्तरमा पढ्दा आफुपनि भलिवल खेलाडी रहेको वताउदै खेल क्षेत्रमा ३ नं वडा कार्यालय वाट सवै प्रकारको सहयोग रहनेयुवराज ज्ञावली वताउनु भएको छ ।
विद्यार्थी र युवाहरुको लागी खेल क्षेत्रको विकासमा सरकारले जति लगानी लगाउनुपर्ने हो त्यो अति न्यूनतम भएकोले तत्काल यसकोदायरा वृद्धि आवश्यक रहेको शिव मदन मावी का प्रधानाध्यापक राजेन्द्र पौडेलले वताउनु भएको छ ।
पाणिनिका खेलाडीलाई राष्ट्रपति रनिंगसिल्डमा पालिका  जिल्ला ,प्रदेश हुदै राष्ट्रीय खेलमा पनि जिताउने गरी प्रशिक्षित वनाएर लैजानेपाणिनि स्पोटर्स एकेडमीका अध्यक्ष भरत पुनःले वताउनु भएको छ ।
पाणिनीका खेलाडीको हितमा पालिकाको तर्फवाट थप प्रोत्साहन गरिने खालको गतिविधि संचालन गर्ने पाणिनि गाँउ पालका प्रमुखप्रशासकीय अधिकृत हुमलाल भूसालले वताउनु भएको छ ।
पाणिनि गाउ पालिकामा खेलाडीको उत्साहजनक उपस्थिति रहकै कारण यस प्रकारका कार्यक्रमले निरन्तरता पाएको युवा,खेल-कूदशिक्षा शाखा प्रमुख तेज वहादुर खनालले वताउनु भएको छ ।
पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेको सर्भिस र प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालको रिसिभ वाट उद्घाटन भएकोखेलको उद्घाटन सत्रमा पाणिनि गाउ पालिका कर्मचारी र शिक्षक विचमा मैत्रीपुर्ण खेल भएकोमा कर्मचारीले शिक्षकलाई ०-२ को सोझोसेटमा पराजित गराउदै कर्मचारीले आफ्नो पक्षमा खेल हात पारेका थिए । – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट,अर्घाखाँची ।

अन्य समाचारहरु