ठाडामा शितगंगा नगरपालिकाको ११ औं नगर सभा सम्पन्न | वार्षिक नीति तथा कार्यक्रम, बजेट सर्वसम्मत पारित (फोटो फिचर)

अराज बेल्बासे | अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । शितगंगा नगरपालिकाको ११ औं नगर सभा सम्पन्न भएको छ । 
शितगंगा नगरपालिकाको ११ औं नगर सभाका बैठकहरू सम्पन्न भएको हो । बिहिबारबाट सुरु भएको नगरसभामा आज नगरप्रमुख छबिलाल पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरसभा सुरु गर्नु भएको हो । कार्यक्रमा पुर्व जनप्रतिनिधि हरुलाइ सम्मान तथा बिधाइ गरिएको छ । पुर्व नगरप्रमुख सुर्य प्रसाद अधिकारी सहित ५८ जना पुर्व जनप्रतिनिधिहरुलाइ आज बिधाई गरिएको छ ।
शितगंगा नगरपालिकाको निति तथा कार्यक्रम सर्वसमतले पारित भएको छ । नगरपालिकाले कृषि,सडक,स्वास्थ र प्रर्यटनलाई प्राथमिकता दिने गरी बजेट ल्याएको हो शितगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले प्रस्तुत गर्नु भएको निति तथा कार्यक्रममा नगरपालिकाका विद्यालय हरीयाली कार्यक्रम सुचना प्रविधीको व्यबस्था बाल कक्षा कार्यक्रम र अतिरीक्त शैक्षिक कृयाकलाप सञ्चालन गरीने, १ वडा एक माध्यमीक बिद्यालय अवधारणा कार्यान्वयन गर्ने तथा बिद्यालय समायोजन प्रक्रियालाई ब्यवस्थित गर्ने, नगर स्तरीय कार्यदल गठन गरी प्राप्त सुझावको आधारमा शैक्षिक पुर्वाधार निर्माण शिक्षक विधार्थी अनुपातको आधारमा शिक्षक दरबन्दी मिलान लगायतका कार्यहरु गरीने , सुनौलो १००० दिनका आमा एवम् बच्चाको स्वास्थ्यमा सुधार गर्न सन्तुलित पोषण सुनश्चीतताको लागी नगर प्रोत्साहनको व्यबस्था गरीने , ७ ओटा आधारभुत स्वास्थ्य इकाई रहेकोमा बाँकी ७ ओटा वडाको सबैलाई पायक पर्ने कुनै एक स्वास्थ्य चौकीलाई आधारभुत स्वास्थ्य इकाईको रुपमा स्तर उन्नती गरी कम्तीमा १४ ओटै वडामा आधारभुत स्वास्थ्य सुविधा सहितका स्वास्थ्य इकाईका रुपान्तरण गरीने बाँकी २३ ओटै स्वास्थ्य इकाईको सबलीकरणमा जोड दिइने छ । 
८४ वर्ष उमेर पुगेका वृद्धा वृद्धहरुको मनोबल उच्च तुल्याउन चौरासीऔं वर्ष गाँठोको अवसरमा कार्यविधी निमार्ण गरी बढिमा १ पटकको लागी एकमुष्ठ रु २५ हजार उपलब्ध गाराइने , एकल पुरुष एकल महिला र ग वर्गका अपांगलाई प्रदान गरीएको सामाजीक सुरक्षा भत्तालाई निरन्तरता प्रदान गरीने पनि नितति तथा कार्यक्रममा पारित भएको छ । घरेलु मदिरालार्य नितिमा समाबेस गरि बिक्री गर्ने निती बनाइने र मदिरा सेवनको समय छुटाउने नितिमा समाबेस गरिएको छ ।
नगरपालिकाले अगाडी सारेको उत्पादनमा आधारीत अनुदान प्रणालीलाई निरन्तरता प्रदान गरीने , गुणस्तरीय पिउने पानीमा सबैको पहुच पुर्याउन दिगो स्रोतको पहिचान भुसतहको पानीको उत्खनन् र लिफ्टीङ प्रविधी प्रयोगमा ल्याइृने प्रदेश सरकार संगको सहकार्यमा खानेपानीका योजनाहरु संन्चालन तथा पुराना खानेपानी योजनाहरु मर्मत सधार गरी एक घर एक धाराको निती अबलम्बन गरी कार्यन्वयनमा जोड दिइने छ ।
निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पौडेलले नगर भित्रका मुख्य बजार चोक तथा क्षेत्रहरुमा सुरक्षाको दृष्टिलाई मध्यनजर गर्दै सिसिटिभी क्यामरा जडान गरी कार्यन्वयन गरीने लगायतका कार्यक्रम समाबेस गरि निति तथा कार्यक्रम सर्वसहमतीबाट पारित भएकोे हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालको स्वागत योजना शाखा प्रमुख नुमलाल खानलको सञ्चालनमा सम्पन्न भएको हो नगरसभामा भोली नगर उपप्रमुख गिता भाटले आगामी बर्षको बजेट पेश गर्नु हुने छ ।

अन्य समाचारहरु