पटौटीमा ग्लोवल आईएमई बैंकद्धारा विद्यालयमा कम्प्यूटर र प्रिन्टर सहयोग

डिआरजी सुमन
पटौटी, विहिवार, ०९ असार २०७९ । पाणिनी गाँउ पालिका वडा नं ४ पटौटीमा रहेको ठुलापोखरा आधारभूत विद्यालयमा ग्लोबलआईएमई वैकद्धारा दुईथान कम्प्यूटर र एकथान थ्रीईनवन प्रिण्टर सहयोग स्वरूप हस्तान्तरण कार्यक्रम सम्पन्न  भएको छ ।

ग्लोबल आईएमई वैकको सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पाणिनि गाँउ पालिका वडा नं ४ पटौटी मा रहेको ठुलापोखराआधारभूत विद्यालयमा २ थान कम्प्यूटर,१ थान थ्रीईनवान प्रिन्टर एक कार्यक्रम विच हस्तान्तरण गरिएको हो ।
पाणिनि गाँउ पालिका उपाध्यक्ष नर्मदा पौडेलको प्रमुख आथित्यता,ग्लोबल आईएमई सन्धिखर्क शाखा प्रमुख प्रलाहद न्यौपाने, पोखराथोक शाखा प्रमुख लिल वहादुर सारुको विशिष्ट आथित्यता,ग्लोवल आईएमई वैक दुर्गाफाँट काउण्टर ईन्चार्ज आशिषउपाध्याय,स्वतन्त्र पत्रकार डिआरजी सुमन,पाणिनि वडा नं ४ सदस्य श्यामनाथ काष्यप,एकराज अधिकारीको आथित्यता रहेकोकार्यक्रमकोअध्यक्षता दुर्गा प्रसाद अधिकारी र संचालन संकर घिमिरेको रहेको थियो ।- तस्वीर डिआरजी सुमन/पटौटी अर्घाखाँची ।

अन्य समाचारहरु