शितगंगा नगरपालिकाद्धारा ८६ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन

अराज बेल्बासे
ठाडा । शितगंगा नगरपालिकाले आगामी बर्ष २०७९÷८० को लागि ८६ करोड ६५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ। नगरपालिकाको ११औं नगर सभामा नगर उपप्रमुख गिताभाटले ८६ करोड ६५ लाख बराबरको बजेट पेस गर्नु भएको हो । चालुतर्फ करिव ५२ करोड र पुँजीगततर्फ करिव ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गर्नु भएको थिए ।
नगर सभामा नगर प्रमुख छबिलाल पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेर चालुतर्फ ६५प्रतिशत र पुँजीगततर्फ ३५ प्रतिशत विनियोजन गरिएको हो।नगरपालकाले सबै भन्दा बढी सडक स्तरउन्नतिमा रकम बिनियोजनभएको छ ।
आर्थिक विकास,सामाजिक विकासमा पुर्बाधार विकास, वन वातावरण तथा विपद ब्यवस्थापनमा शुसासन तथा सस्थागत विकासमा समेत बजेट बिनियोजन भएको छ । नगर भित्रका घरहरुलाई खरको छानो मुक्त बनाउने अभियान अन्तर्गत यस आर्थिक वर्ष मा करीब ६०० परीवारहरुको खर को छानो मूक्त गरीने छ , गत बर्ष भन्दा यो बर्ष ५० प्रतिशत योजना कम गरिएको छ । प्रयटन क्षेत्रको बिकासलाइ समेत प्राथमिकता दिएर बजेट विनियोजन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले बताउनु भयो ।

अन्य समाचारहरु