शितगंगा १ का वार्ड अध्यक्ष मान बहादुर सिङजापतीलाई पितृ शोक

बिष्णु कुमार आले 
असार १२ अर्घाखाँची । अर्घाखाँचीको शितगंगा १ का वडा अध्यक्ष मान बहादुर सिङजापतीलाई पितृ शोक परेको छ ।  
शितगंगा नगरपालीका वडा नम्बर १ सुवर्णखाल माझ गाउँ निवासी अध्यक्ष मान बहादुर सिंजापतीको पुजनिय पिता ठग बहादुर सिंजापतीको ७३ बर्षको उमेरमा आज आईतबार बिहान निधन भएको हो । 
२००६ साल बैशाख १० गते जन्मिनु भएका  अध्यक्ष सिंजापतीका पिताको स्वास्थ्यमा एक्कासी समस्या देखिएपछी उपचारको लागि बुटवल लैजानेक्रममा ठाडा अमराई स्थित बाटोमै निधन भएको थियो ।

अन्य समाचारहरु