मैदानको भर्तापुर मसिनामा चट्याङ लागेर एक बालिका र महिला घाइते,५ घर क्षति

प्रदीप सुर्यवंशी
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम)।  शुक्रबार राति वर्षासँगै परेको चट्याङ लागेर अर्घाखाँचीको पाणिनी गाउँपालिका– ५ मैदानको भर्तापुर मसिना स्थित  पाँच वटा घरमा क्षति पुगेको छ । चट्याङकै कारण स्थानीय साढे ३ महिने बालिका ४२ बर्षिय आमा घाइते भएका छन् ।
राति परेको चट्याङले मैदान साविकको  गाविस–९ भर्तापुर मसिना भन्ने ठाउँका घरमा क्षति पुगेको हो । चट्याङको छिर्काले लागेर स्थानीय बोम बहादुर सुर्यवंशीको ३ महिने छोरी आसिका उपनाम गरेकी सुर्यवंशी र ४२ बर्षिय आमा सेमकला सुर्यवंशी घाइते भएको प्रहरीले जनाएको छ । उनको उपचार भईसकेको छ। अहिले बिरामीको स्वास्थमा केही सुधार भएको बताईएको छ। 
चट्याङ लागेर स्थानीय सुर्यवंशीको घरमा बिजुलिको मिटर बक्स र गोठमा रहेको  एक बोका पनि चट्याङ  कै कारण मरेको छ र यस्तै डिल बहादुर पहराईको  गोठमा रहेको एउटा बाख्रा पनि मरेको छ। यस्तै भर्तापुर गाउँमा धेरै घरमा बिजुलीको मिटर बक्समा  समस्या भएको र कतिपय घरमा मिटर बक्स नै बिग्रेको स्थानीयको भनाई छ। र चट्याङले बिजुलीको मिटर बक्समा समस्या भएकोलाई नि:सुल्क मिटर बकस उपलब्ध  गराउन अर्घाखाँची विद्युत प्राधिकरणलाई अपिल गर्न वार्ड र पालिकालाई अनुरोध गरेका छन् ।
 
त्यस्तै, नर बहादुर रानाको घरमा सोलारको ब्याट्री पड्किएको तर मानवीय क्षति भने नभएको र नेक बहादुर रास्कोतिको घरमा चट्याङ लागेर विद्युत र घरमा क्षति भएको स्थानीय रास्कोतीले जानकारी दिनुभयो ।
पाली प्रहरी चौकीले वर्षासँगै बिहान ३ बजेतिर चट्याङ परेको जानकारी दिनुभयो । चट्याङ लागेका घरमध्ये अधिकांश चर्किएर बस्न नमिल्ने भएका छन् । मगर समुदायको बस्तीमा परेको प्राकृतिक विपत्तिले स्थानीय समस्यामा परेको उहाँले बताउनुभयो । घटनालगत्तै पुगेको प्रहरीले क्षतिको विवरण संकलन गरिसकेको छ। र  वार्ड, पालिका र सम्बन्धित निकायलाई क्षतिपूर्ति दिलाउन त्यहाँका स्थानीय जनताले अपिल गरेका छन् । 

अन्य समाचारहरु