पाणिनी गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिबेसन सम्पन्न

डिआरजी सुमन 
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिबेसन आज सम्पन्न भएको छ । पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने द्धारा आर्थिक वर्ष २०७९-८० को लागी पेश गरेको निती तथा कार्यक्रम पाणिनि गाँउ पालिका सभाहलमा सर्वसम्मतिमा पास भएको छ । 
पाणिनि गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी,सभा सदस्य,स्वतन्त्र पत्रकार डिआरजी सुमन,पत्रकार प्रकाश प्युठानी,माधव पौडेलको  उपस्थितिमा रहेको कार्यक्रम पाणिनि गाँउ पालिका सभाहलमा सभ्य र भव्य समारोह विच  सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०७९ /८० को लागी पेश गरिएको निती तथा कार्यक्रममा पुर्वाधार विकास,सामाजिक विकास लगायतमा प्रयाप्त बजेट विनियोजन गरिएको छ । पाणिनि गाँउ पालिकाको निती तथा कार्यक्रममा यसपटक सञ्चार क्षेत्रलाई उपेक्षा गरिएकोमा स्वतन्त्र पत्रकार डिआरजी सुमन सभामै सभाका आपत्ति जनाए लगत्तै पालिका अध्यक्षसँग प्रतिक्रिया लिनु भएको छ । स्वतन्त्र पत्रकार डिआरजी सुमन  सँगको संक्षिप्त प्रतिक्रियामा  पाणिनि गाँउ पालिका ७ का अध्यक्ष अधिकारीले सकारात्मक जवाफ दिएका छन । राष्ट्रको चौथोअंग संचार माध्यम र पत्रकारिता क्षेत्रलाई सम्बोधन गर्ने योजनामै छौ आज प्रिण्ट समस्य भएको हो यसलाई हामी समाधान गर्न तयार छौ पाणिनि गाँउ पालिका २ नं अध्यक्ष पौडेल,३ नं अध्यक्ष ज्ञावली र ७ नं अध्यक्ष अधिकारी प्रतिक्रिया दिनु भएको छ ।
पाणिनि गाँउ पालिकामा क्रियाशील पत्रकारहरुको उपेक्षा गरी आएको यो बजेटले सञ्चार क्षेत्रको अपहेलना भएको महसूस गर्दै पाणिनीमा क्रियाशील पत्रकारहरुले आपत्ति जनाएको छन । पाणिनिमा क्रियाशील पत्रकारको सम्बोधन हुनेगरी निती तथा कार्यक्रम ल्याउनु आवश्यक रहेको गाँउ सभा सदस्य एकराज अधिकारीले सुझाव पेस गर्नु भएको थियो । पाणिनि गाँउ पालिका वडा नं २ अध्यक्ष चन्द्रकान्ता पौडेल,पाणिनि गाँउ पालिका ३ अध्यक्ष युवराज ज्ञावली,पाणिनि गाँउ पालिका ७ अध्यक्ष गुनाखर अधिकारी,पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले निती तथा कार्यक्रममा छुटेका विषयलाईलसम्बन्धोन गर्ने प्रतिक्रिया दिनु भएको छ । – तस्वीर डिआरजी सुमन /दुर्गाफाँट,अर्घाखाँची ।
 

अन्य समाचारहरु