सिद्धाराको देउराली, ठाडाखोला, लामीदमार, पाँकुरी, सिस्नेमा बल्ल बिजुली पुग्यो, स्थानियमा खुसीयाली

बिष्णु कुमार आले 
सिद्धारा, अर्घाखाँची । लामो समय देखि टुकी र दियालो बालेर गुजारा चलाउदै आएका अर्घाखाँचीको दुर्गम क्षेत्र शितगंगा ९ सिद्धारामा बिजुली पुगेपछि स्थानिय खुसी भएका छन् ।  
दुर्गम क्षेत्रको देउराली ,ठाडाखोला,लामीदमार, पाँकुरी,सिस्ने लगायतका गाउँमा बस्दै आएका करिव १ सय ९५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । 
बर्सेनि टुकी बालेर दैनिकी चलाउदै आएका यहाँका नागरिकको घर घरमा बिजुली झलमल्ल भएपछी स्थानिय खुसी भएका हुन् । 
शितगंगा ९ को आयोजनामा मंगलबार वडा कार्यालय करमगैरामा एक कार्यक्रमका बिच उद्दघाटन गरिएको छ । 
घरमा बिजुली बलेपछी साँझ बिहान घरमा चुलोचौकाको काम गर्न , बिधार्थीलाई लेखपढ गर्न, रेडियो टेलिभिजन हेर्न सुन्न र कम्प्युटर तथा ल्यापटप चलाउनुका साथै सबैखाले बिधुतीउपकरण चलाउन निकै सहज भएको भन्दै स्थानिय खुसी भएका हुन् ।

अन्य समाचारहरु