बिनोद श्रेष्ठ ,अर्घाखाची डट्कम
सबैका लोकप्रिय कलाकार हुन् सुरज घिमिरे । उनले अहिले सम्म म्युजिक भिडियो, टि भी सिरियल, शर्ट मुभी जस्ता थुप्रै चलचित्र छायांकन, सम्पादन, निर्देशन गर्दै आएका छन् । अहिले पछिल्लो समय भने आफ्नै लेखन निर्देशनमा सामाजिक संदेश मुलक ” साने ” नामक सिरिज बनाई राखेका छन्। उक्त सिरिज आज ५२ औ आध्याय पुगेको अवसरमा उनि आफ्नो सम्पूर्ण टिम संग भेटघाट भई सफलता पुर्बक मनाएका छन।
उक्त सिरिज अभिनय र सम्पादन समेत आफै गर्छन। उक्त सिरिज धेरै दर्सकले मन पराएको कारण उनि “साने” नामले अझ धेरै दर्शक सामु चिनिन्छन। उनले धेरै गीतहरुमा पनि अभिनय गरेका छन्।
उनले नेपाली कला छेत्रमा क्षेत्रमा विशेष गरि सेन्टिमेन्टल अभिनय गरेर दर्शक स्रोताको मन मुटुमा बस्न सफल कलाकार तथा निर्देशक सुरज घिमिरे को नया साने भाग – ५२ सार्वजनिक भएको छ ।
उक्त सिरिज अभिनय र सम्पादन समेत आफै गर्छन। उक्त सिरिज धेरै दर्सकले मन पराएको कारण उनि “साने” नामले अझ धेरै दर्शक सामु चिनिन्छन। गीतहरुमा आज दीईसकेका छन् भने अभिनय पनि धेरै गीतहरुमा गरेका छन्।
साने सेरिजमा सुरज घिमिरेको लेखन, निर्देशन, सम्पादन रहेको छ। भने स्वयंम सुरज घिमिरेको अभिनय पनि हेर्न सकिन्छ। उक्त साने सेरिजमा कलाकारहरु सुरज घिमिरे ,धुर्ब पौडेल, शेस्कान्त ढकाल, कमला गैरे ,गोपाल खनाल,अर्मन शाही,बिपना पन्थ,भावना लम्साल, सम्झना ढकाल रअन्जु रसायाली उक्त कार्यक्रम मा समाबेस थिए भने, गौरीसा नेपाली आफ्नो समय प्रितिकुलका कारण उपस्थित हुन पईनन। उक्त कर्यक्रम उनि स्वयम आफै र उनको साथी धुर्ब पौडेल ले संचालन गरेको गण्डकी फिल्म्स नेपाल देखि आयोजना गरिएको थियो।
त्यस्तै यो सिरिजमा समाजमा हुने अत्याचार, अन्याय , शोषक,धनी गरिब बिच भेदभाव ,रुढीबादी परम्परा , कालो पर्दाले ढाकिएको हाम्रो समाजमा घटेरहेको सम्पुर्ण घटनालाइ समेटेर एउटा सन्देश दिइएको छ।
यस कारण पनि यो “साने” सीरिज पछिल्लो समय अझै लोकप्रिय बन्दै गएको छ। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।