अर्घाखाँचीका कलाकार अभिनव चौहानको मौलिक तीज गीत सार्वजनिक।

माधव पौडेल , अर्घाखाँची।
 अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा जन्मिएका अभिनव चौहान निरन्तर नेपाली गीत संगीतमा सक्रिय छन्।पछिल्लो सर्जक रुपमा अलि बढी सक्रिय छन्।
tvs
उनले सिर्जना गरेका गीतहरु बजारमा आइरहेका हुन्छन्।त्यस्तै आज मात्रै उनको शब्द सिर्जना तथा लय संकलनमा मौलिक तीज गीत” लालुमै वर पिपलको छाँया” बोलको गीत सार्वजनिक भएको छ।
Sanima
अभिनव चौहानको शब्द सिर्जना तथा लय संकलन, माया दर्नाल परियार र विमलराज जिसिको आवाज कृष्ण लामिछानेको एरेन्ज तथा मिक्सिङ्ग।त्यसैगरी विष्णु भट्टराईको निर्देशन तथा सम्पादनमा सन्तोष,परी, अजय, विन्दु लगायतको नृत्य तथा अभिनय देख्न सक्नुहुनेछ।
मंगलम रेकर्डिङ स्टुडियो काठमाडौंमा रेकर्ड भएको गीतको दृश्य निर्माण अविरल फिल्मसले गरेको हो।गीत अविरल फिल्मसको आधिकारिक युटुब च्यानलमा हेर्न सक्नुहुनेछ।
पूरा भिडियो हेर्नको लागि, तलको लिन्कमा जानुहोला । 
अर्घाखाँचीका कलाकार अभिनव चौहानको मौलिक तीज गीत सार्वजनिक।
link – https://youtube.com/watch?v=gYMN2gL6dmA&feature=share