अवैध सालको काठ सहितको ट्याक्टर प्रहरी नियन्त्रणमा ।


Sanima

– लक्ष्मण घिमिरे ।

अर्घाखाँचीको भुमिकास्थानमा अवैध सालको काठ सहितको ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर–६ खिल्जीको माछामारेमा २५ गोलिया सालको अवैध काठ सहित लु ३ त ३९६९ नम्बरको ट्याक्टर र चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।

६६.४८ क्युफिट सालको काठ र चालक सहित ट्याक्टर नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय अर्घाखाँचीमा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी खिल्जीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा ट्याक्टरमा प्रतिबन्धित सालको काठ भेटिएपछी ट्याक्टर र ट्याक्टर चालक २७ बर्षिय बिनोद परियारलाई पक्राउ गरेको हो ।

अन्य समाचारहरु