ठुलापोखरा आधारभूत विद्यालयमा पत्रकार डिआरजी सुमनको जन्मदिनको अवसरमा अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

अर्घाखाँचीडट्कम संवाददाता
मैदान अर्घाखाँची । स्वतन्त्र पत्रकार डिआरजी सुमनको जन्मदिनको अवसरमा फैन्स कल्व द्धारा दुईजना अनाथ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । पाणिनि गाँउ पालिका वडा नं ४ ठुलापोखरा आधारभूत विद्यालयमा अध्ययनरत दुईजना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो । कार्यक्रम पाणिनि गाँउपालिका ५ धजवान्ने स्थित विर वहादुर स्मृति प्रतिक्षालयमा सम्पन्न भएको थियो । कक्षा ५ मा अध्ययनरत विपना बि.क. र कक्षा ३ का अविनास बि.क. लाई फैन्स क्लवले शैक्षिक सामग्री प्रदान गरेको हो ।
पत्रकार सुमनले आफ्नो जन्मदिनको अवसरमा प्रत्येक वर्ष सिर्जनात्मक कार्यक्रम गर्दै शैक्षिक कठिनाईका बावजुत अध्ययनरत विद्यार्थीहरुलाई सहयोग गर्दै आउनुभएको छ ।
क्लवका कोषाध्यक्ष नेत्र नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक रघुनाथ घिमिरे रहनुभएको थियो ।
आईतवार सम्पन्न कार्यक्रममा डिआरजी सुमन फ़ैन्स कल्वका कोषाध्यक्ष नेत्र नेपाली,सचिवालय सदस्य श्यामलाल पौडेल, दिनानाथ घिमिरे, भिमलाल वि.क.,राधाकृष्ण युवा क्लवका उपाध्यक्ष नारायण वेल्वासे, प्रेम वेल्वासे, ठुलापोखरा आधारभूत विद्यालयका शिक्षक संकर घिमिरे , लगायतको उपस्थिति रहेको थियो । – तस्वीर डिआरजी सुमन मैदान अर्घाखाँची ।

अन्य समाचारहरु