मंसिर ४ को चुनावमा भाग लिन योग्य ११६ दल- वामदेव योग्य, विप्लव अयोग्य ।

 आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन ११६ वटा राजनीतिक दल योग्य देखिएका छन् । निर्वाचन आयोगमा २०७९ साल साउन १९ गतेसम्म दर्ता भएका राजनीतिक दलले मात्र आगामी निर्वाचनमा भाग लिन पाउने छन् ।
आयोगका अनुसार सबै भन्दापछि बामदेव गौतम अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान र श्यामबाबु गौतम संयोजक रहेको पुनर्जागरण पार्टी, नेपाल २०७९ साउन १२ गते दर्ता भएका हुन् । त्यसअघि हाम्रो नेपाली पार्टी, २०७९ असार २९ गते दर्ता भएको थियो भने रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी २०७९ असार १७ गते दर्ता भएको थियो ।
साउन १९ गतेसम्म दर्ता भएका दलहरूले साउन ३१ गतेसम्म राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची–१२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालय कान्तिपथमा पुगेर निवेदन दिन सक्नेछन् । त्यसका लागि आयोगले निवेदनको ढाँचा आयोगको वेब–साइटमा राखेको छ भने आयोगको सचिवालयबाट पनि प्राप्त गर्न सकिनेछ ।
tvs
दल दर्ता गर्नका लागि निवेदन दिँदा राजनीतिक दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मितिसमेत उल्लेख गर्नुपर्ने छ । यसरी दल दर्ताका लागि निवेदन दिँदा प्रतिनिधि सभा सदस्यको छुट्टै र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा ७ वटा प्रदेशका लागि छुट्टाछुट्टै निवेदन पेश गर्नुपर्नेछ ।
यस्तै स्थानीय तहको निर्वाचनमा दल दर्ता गरेर नै निर्वाचनमा सहभागी हुन खोजेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पनि आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुन नपाउने भएको छ ।
निर्वाचन आयोगले २०७९ साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भएका दलले मात्र आगामी निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि दल दर्ता गर्न पाउने व्यवस्था गरेकाले  त्याे बाहेकका दल सहभागी हुन नपाउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलीयाले  बताए ।
tvs
उनले भने, ‘कुनै पनि राजनीतिक दल साउन १९ गतेसम्म निर्वाचन आयोगमा दर्ता भइसकेको छ भने उसले आगामी निर्वाचनमा सहभागी हुन पाउँछ । उनीहरूले पनि आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि आयोगमा तोकिएको समय सीमा भित्र दर्ता हुनुपर्छ । त्यसपछि मात्र निर्वाचनमा सहभागी हुन पाइन्छ । त्यसमा जुन पार्टी पर्दैन त्याे पार्टी निर्वाचनमा सहभागि हुन पाउदैँन ।’
निर्वाचन आयोगमा साउन १९ गतेसम्म दर्ता भएका दलमा विप्लव नेतृत्वकाे नेकपा  दर्ता भएकाे देखिदैन । कर्णजित बुढाथाेकी नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी ऋषि कट्टेल नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी भने दर्ता भइसकेकाले निर्वाचन प्रयाेजनका लागि दर्ता भएर निर्वाचनमा सहभागि हुन पाउने छ ।   नेपाल प्रेसले उल्लेख गरेको छ।