दिपक भुसाल ,अर्घाखाची डट्कम काठमाडौं ।
तीज गीत ‘आउ बस आडैमा’ सार्वजनिक भएको छ। गीतमा मोतिराज खनाल र रीता राउतको स्वर रहेको छ। शब्द र संगीत मोतिराज खनालकै रहेको गीतलाई गिरीप्रसाद भुसालले निर्देशन गरेका हुन्।
म्युजिक भिडियोमा सविन खड्का, सजिना लामिछाने, अर्जुन तिरुवा, प्रीति भुजेल लगायत कलाकार हरुको अभिनय रहेको छ । मिठो लयमा आधारित तिजगीत संगित चौतारी युटुब च्यानलबाट बुधवार सार्वजनिक भएको हो ।
प्राय खनालका गीतमा नयाँ पन भेट्न सकिन्छ । यो गित पनि बजारमा आएका गीत मध्य नयाँ सैलीको छ र शब्द पनि निकै रोमान्टिक छन । माया प्रेमका शब्दजाल बुन्दै प्रेमजोडी एक आपसमा जिस्किएको भाव गीतले दिएको छ ।
गायक खनालले गत तिजमा जम्काभेट तिजगीत बजारमा ल्याएका थिए । उक्त गीतले राम्रो बजार पाएको थियो । त्यसैगरी खनालका धेरै लोकदोहोरी गीत बजारमा आएका छन । गायक खनाल निरन्तर गीत संगितमा आबद्ध छन ।