पाणिनीको दुर्गाफाँटमा तिजगीत प्रतियोगिता कार्यक्रम २०७९ संचालन हुने

डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची । विहिवार ०९ भाद्र २०७९,नेपाली नारिहरुको महान चाड हरितालिका तिजको अबसर पारेर पाणिनीगाँउपालिकाको दुर्गाफाँटमा खुल्ला तिज गित प्रतियोगिता हुने जानकारी आयोजकले पत्रकार सम्मेलन मार्फ़त गराएको छ ।
पाणिनिमा पर्यटन परिवर्द्धन तथा कला संस्कृति  विकासको लागी विगत केही वर्षयता क्रियाशील संस्था पाणिनी पर्यटन समाज र ओमइन्टर्टेण्टमेण्ट प्रा.लि को आयोजनामा भोली भाद्र १० गते पाणिनि गाँउ पालिकाको केन्द्र दुर्गाफाट को वरकारुखमा खुल्ला तिजगितप्रतियोगिता हुने गरी तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।
पाणिनी गाउँपालिकाको आयोजना र पर्यटन समाज को संयोजनमा गरीने भनिएको कार्यक्रममा अन्तिम समयमा आएर गाउँपालिकाआयोजकबाट हटेपछि तयारीमा रहेका प्रतियोगि र पर्यटन समाजलाई समस्या परेको मात्र होईन कार्यक्रम स्थगित गर्ने अवस्था समेतदेखिएको अवस्थामा पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनाम र ओम इन्टर्टेण्टमेण्ट प्रा.लि महासचिव वसन्त केसीको मध्यरातमासम्पन्न छलफलले पूर्वनिर्धारित समयमा जसरी पनि कार्यक्रम गर्नेगरी सोही मितिमा पाणिनी पर्यटन समाज र ओम इन्टर्टेण्टमेण्ट प्रा.लिआयोजक बनेर कार्यक्रम कार्यक्रम हुने भएको हो ।
नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा “महिला अधिकार र उत्थान”, “तीज पर्वको संस्कृति र महत्व”, “समृद्ध पाणिनी निर्माणको अभियान” र “महिला हिंसा विरुद्धकोअभियान” बिषयलाई आधार वनाएर सहभागिता जनाउन प्रतियोगिलाई आग्रह गरीएको पाणिनी पर्यटन समाजका अध्यक्ष झबिनसुनामले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।
पाणिनि गाँउ पालिका सभाहलमा सम्पन्न पत्रकार सम्मेलनमा पाणिनि पर्यटन समाजका अध्यक्ष झविन सुनाम,ओम इन्टर्टेण्टमेण्टप्रा.लिका महासचिव वसन्त केसी,पाणिनि पर्यटन समाजका सदस्य पुस्कर घिमिरे,सागर घिमिरे,दीपक जीसी,पम्फा विक,खुमसूर्यवंशी,राम भट्टराई, ओम इन्टर्टेण्टमेण्ट प्रा.लि किरण जीसी,स्वतन्त्र पत्रकार डिआरजी सुमन,पाणिनि पत्रकार समाजका महासचिवभिम विक लगायतको उपस्थितमा पत्रकार सम्मेलन सम्पन्न भएको छ । – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।

अन्य समाचारहरु