आज आफ्ना पिता प्रति सम्मान/भक्ति प्रकट गर्दै , बुबाको मुख हेर्ने दिन मनाइँदै ।

भाद्र कृष्ण कुसे औंसीको दिन पारेर बाबुको सम्मान प्रकट गर्ने परम्परा छ। पितालाई संरक्षण, रक्षा र पालनपोषण गर्ने चरित्रका रूपमा मान्ने गरिएको छ।  यस दिनलाई अर्को शब्दमा पितृऔंसी, पितृ दिवस, गोर्कण औंसी, कुशेऔंसी पनि भनिन्छ।

उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेवथानमा श्राद्ध गरी पिण्डदान गर्नाले त्यसले मातृकुल, पितृकुल, बन्धु–ससुराली कुलादि सय कुलको उद्धार हुने धार्मिक विश्वास छ।
गोर्कणमा श्राद्ध गर्नु भारत काशीको गयामा श्राद्ध गर्नुसरह फल मिल्ने धार्मिक विश्वास रहेको संस्कृतिविद् बताउँछन्। 
शनिबार पनि गोकर्णमा मानिसहरुको ठूलो भिड देखिएको छ। ठूलो संख्यामा मानिसहरु गोकर्णमा श्राद्ध तथा तपर्णका लागि पुगेका हुन्।