पाणिनी पत्रकार समाज नेपाललाई वैधानिता, पत्रकारितालाई देशकै नमूना वनाउने अध्यक्ष प्युठानीको घोषणा

डिआरजी सुमन 
दुर्गाफाँट,आईतवार २०७९ भाद्र १२ । पाणिनि गाँउ पालिकाका पत्रकारहरुले समसामयिक पत्रकारिता सिक्न पाणिनि गाँउ पालिकाजानुपर्छ भन्ने पाठ सिकाउनेगरी पाणिनि पत्रकार समाज नेपाल संचालनमा ल्याएका छन । पाणिनि ऋषिको तपोस्थलवाट पत्रिका नयाँमार्ग खुला हुने भएको छ । राष्ट्रको चौथो अंग पत्रकारितालाई राजनीतिक दलको वरिपरी घुमाउने संस्कार वसेको परिवेशमा पाणिनिमानयाँ आयामको सुरुवात भएको छ ।
 जिल्ला प्रसाशन अर्घाखाँचीले पाणिनी पत्रकार समाजलाई भाद्र १२ गतेको मितिमा आधिकारिक रुपमा बैधानिकता प्रदान गरेको छ ।पाणिनि गाँउ पालिकामा केन्द्रीय कार्यालय रहनेगरी पत्रकारितालाई नयाँ शैलीमा स्थापित गर्ने उद्देश्यले विक्रम सम्वत् २०७८ वैशाख ०१गते स्वतन्त्र पत्रकार डिआरजी सुमन द्धारा स्थापनाको पृथक अवधारणामा वमोजिम २०७८ जेठ ०५ गते पाणिनि गाँउ पालिका को केन्द्रदुर्गाफाँटमा पाणिनिकामा क्रियाशील पत्रकारको वैठकले डिआरजी सुमन को संयोजकत्वमा संस्थाको अवधारणामा सार्वजनिकगरिएको थियो । 
पाणिनि गाँउ पालिकावाट पत्रकारितामा क्रियाशीलता जनाउने पत्रकारहरुको एकवर्ष सम्मको गहन छलफल पछि अन्त्यत: २०७९ भाद्र१२ गते आईतवार जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा स्वतन्त्र पत्रकार तथा अर्घाखाँची डटकमका व्युरो प्रमुख डिआरजी सुमनसंस्थापक संरक्षक , पाणिनि न्यूज़ का प्रधान सम्पादक माधव वेल्वासे, हिन्दुखवर डटकमका घनेश्याम पौडेलको सल्लाहकार रहने गरीआधिकारिक रुपमा संस्थाको दर्ता प्रक्रिया सम्पन्न भएको छ । 
जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको आधिकारिक समितिमा पाणिनि अर्घाखाँची डटकम पाणिनि डेक्स प्रमुख प्रकाश प्युठानीअध्यक्ष हुनुहुन्छ । यस्तै उपाध्यक्ष पत्रकार सुवास गौतम, महासचिव पत्रकार भिम विश्वकर्मा, सचिबमा पत्रकार माधव पौडेल, सहसचिवपत्रकार कमला घिमिरे, कोषाध्यक्ष पत्रकार रुक्मागत भट्टराई, केन्द्रीय कार्य समिति सदस्यमा पत्रकार संगम भट्टराई, पत्रकार घनश्यामभट्टराई र पत्रकार कमला परियार रहेका गरी समिती दर्ता भएको छ ।
पाणिनी गाँउ पालिका भित्र हुनेगरेका संक्रांति सकारात्मक विषयवस्तुमा हातेमालो गर्नुको साथै सार्वजनिक क्षेत्रमा हुनेगरेका नकारात्मककार्यमा ख़बरदारी गर्ने समाजको मुख्य उद्देश्य रहेको छ । कुनैपनि राजनीतिक दल र पहुँचवालाको दवाव र प्रभावमा हुने सार्वजनिकसम्पत्तिको अनियमितता लुकाउन खोजिएका घटनाको उजागर गर्न पाणिनीका सबै पत्रकार एकजुट हुनु परेकोले समाज आबश्यकतादेखिएकोले संस्था गठन गरि दर्ता गरिएको जनाईएको छ ।
पाणिनी पत्रकार समाज विशुद्ध गैर राजनीतिक, पेशागत हक हित तथा जनहितकारी संस्था हुनेगरी गतिविधि संचालन गर्ने र अनिमियतागर्नेहरु विरुद्ध कड़ा रुपमा प्रस्तुत हुने समाजका अध्यक्ष प्रकाश प्युठानिको भनाई छ । 
नव निर्वाचित पाणिनि पत्रकार समाज का अध्यक्ष प्रकाश प्युठानिका अनुसार संस्थामा निष्पक्ष पत्रकारिता पेसामा क्रियाशील हुनेपत्रकारिता गर्दै आएका पत्रकारले सदस्यता लिएर आवद्धता जनाउन सक्नेछन् । राष्ट्रको चौथो अंगको रुपमा रहेका पत्रकारहरु एकजुटहुनसके मात्र पेशागत सुरक्षा हुने र तब मात्र सबै कुरामा आवाज उठाउने सकिने उनको भनाइ छ । – तस्वीर प्रकाश प्युठानी/सन्धिखर्कअर्घाखाँची । 

अन्य समाचारहरु