पटौटीमा “गिता पन्थ वचाउ अभियान” संकलित रकम सार्वजनिक गर्दै पिडितलाई हस्तान्तरण

डिआरजी सुमन
पटौटी, अर्घाखाँची । आईतवार १९ भाद्र २०७९ । मानवीयता विलाउदै र राजनीति मौलाउदै गएको नेपाली परिवेशमा अनाथ मानिसले उपचारको लागी राहत पाउछ र भन्ने परिवेश श्रृजनाभएको समाजमा यस्ता पनि उदाहरण वनेका छन जहां सामाजिक संजालको सदुपयोगले पुनर्जीवन पाएका छ । यसैको एउटा उदाहरणपाणिनि गाँउ पालिका अर्घाखाँचीमा पनि देखा परेको छ ।
अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका ४ पटौटीको चौराहामा एक कार्यक्रमका बिच पाल्पा रैनादेवि छहरा २ सोमादी जन्म भईबाल्यकालमा नै बुबा आमा गुमाएर पाणिनि ४ मा फूपू दिदी यमकला अधिकारीको सहारामा रहदै आईरहेकी गीता पन्थ साउन २२ गतेदेखि जटिल बिरामी परी आर्थिक समस्याको कारणबाट उपचारबाट वञ्चित हुने अवस्था देखिएसँगै सामाजिक संजाल मार्फ़त सर्वत्रसहयोग अपिल भएको हो । यसरी साउन २८ गते देखि सामाजिक सञ्जाल फेसबुक मार्फत सुरु गरीएको “गिता पन्थ बचाउ अभियान”मा विभिन्न स्वदेश विदेशबाट सहयोग गर्नुहुने सहयोगीहरुवाट संकलित रकमको आय ब्यय सार्वजनिक गर्ने कार्यक्रम सप्पन्न भएको छ।
पाणिनिको पटौटी चौराहामा नारायण घिमिरेको सञ्चालनमा सुरु भएको कार्यक्रममा पाणिनी ४ पटौटिका वडा अध्यक्ष हरिप्रसादघिमिरेको प्रमुख आथित्यता ,वडा सदस्य एकराज अधिकारी र देवि प्रभाव माध्यमिक विद्यालयका प्र.अ. हरि प्रसाद अधिकारीकोविशिष्ट आथित्यता रहेको कार्यक्रममा स्वतन्त्र पत्रकार डिआरजी सुमन,ग्लोबल आईएमई बैंक लिमिटेड पोखराथोक शाखा प्रमुख लिलसारु, डिआरजी सुमन फ़ैन्स क्लब नेपालका कोषाध्यक्ष नेत्र नेपाली, रामनाथ घिमिरे, शिक्षक रेणु प्रसाद घिमिरे, माधव शर्मा, चुन्नथापा, शंकर अधिकारी,अर्जुन घिमिरे  लगायतको आथित्यता रहेको थियो ।
पटौटीको चौराहामा सम्पन्न कार्यक्रममा “गिता पन्थ बचाउ अभियान”का क्रममा उनको स्वास्थ्य उपचार,पठनपाठन र सहजजीवनयापनका लागि संकलित रकम एक लाख पचहत्तर हजारको आयव्याय,सहयोगी दाताको नामावली रकम मुख्य अभियान्ता तथाकार्यक्रमका अध्यक्ष शंकर प्रसाद घिमिरेले प्रस्तुत गर्दै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।
यसरी गिता पन्थ चलाई उपचार गरि बचेको रकम एक लाख पचास हजारको चेक गिता पन्थ र उहाको संरक्षक यमकला अधिकारी लाईप्रदान गरीएकोमा उक्त रकम गिता पन्थको नाममै ग्लोबल आईएमई बैंकद्धारा चौराहा मै पुगेर खाता समेत खोलीदिएको थियो । स्थानीयराजेश घिमिरेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा राधा भट्टराई,कृष्ण गैरे,नेत्र नेपाली,डिआरजी सुमन,हरि प्रसाद घिमिरे लेमन्तव्य राख्दै सहयोगी दाताहरुमा धन्यवाद व्यक्त गरेका थिए । – तस्वीर डिआरजी सुमन/पटौटी अर्घाखाँची ॥

अन्य समाचारहरु