– गोबिन्द राज ओझा (राजन)
दिपायल सिलगढी न.पा. २ दिपायल डोटी नेपाल
हेरिरहु लाग्थ्यो तिमिलाई एक छिन मेरो सामु बसिदेउ
सपनिमा मलाई भेटी मेरो निद्रा ब्युझाईदेउ
त्यो दिलको हावा लाग्यो मेरो मनको तरलीमा
मेरो मन भूलेछ त्यो तिमि सँगको भेटमा
तिम्रो लामो कालो केश मलाई हेरीरहु लाग्छ
सपनिमा त तिमि सँग बोलिरहु लाग्छ
तिम्रा दु:ख गए सुखका दिनहरुको अनुभुति होला
यो समयमा मैले तिमिलाई सबै कुरा गरुला
तिम्रो बाटो कुर्दा कुर्दै उज्यालो भएछ
भेट गरु भन्थे तिमि सँग अर्को गाउँमा हिडनुपर्ने भएछ