पाणिनिमा प्रतिशोधको राजनीतिले ४४ लाख बराबरकाे बजेट फ्रिज ।

-अर्घाखाची डट्कम सम्बाद्ददाता  । 
पाणिनिमा प्रतिशोधको राजनितिका कारण काेभिड राहत कार्यक्रम अन्तर्गत आएकाे  ४४ लाख बराबरकाे  बजेट  फ्रिज भएकाे छ।
 स्थानिय वडाहरुबाट सिफारिस भै कार्यान्वयन  हुने  समयमा राजनैतिक दलहरुकाे आपसि मतभेद र स्वार्थका कारण काेभिडबाट पिडित परिबारले  पाउनु पर्ने जनहि १० हजार बराबरकाे राहत  कार्यक्रमबाट पाणिनिका  पिडितहरु बन्चित भएका छन ।  याे पणिनिकै लागि दुखद कुरा हाे। 
पाणिनिमा प्रतिशोधको राजनीतिले ४४ लाख बराबरकाे बजेट फ्रिज ।
 राहत कार्यक्रममा केहि निस्चित मापदण्डहरु छन ।  तर राजनेैतिक स्वार्थका कारण पिडित परिवार भन्दा राजनैतिक चलखेल हाबि हुदा कुनै वडाहरुमा वास्तविक पिडित यस  राहत कार्यक्रमबाट नै बन्चित भएकाे पनि कतिपयले  गुनासाे गरेका थिए । 
 यस्तै असन्तुष्ट केही  पक्षले अख्तियारमा  मुद्दा समेत दर्ता गरे संगै पाणिनिमा गठबन्धन  र नेकपा एमाले आपसि मतभेद र प्रतिशोधकाे राजनितिले  अन्तिम अबस्थामा  राहत कार्यक्रमबाट पिडितहरु बन्चित  हुनपरेकाे हाे । 
स्मरणरहोस , याे निवेदनमा रहेका अन्जलि विक पारिवारिक महिला रहेकाे र चन्द्रकला क्षेत्रि अविवाहित एकल भत्ता नखाएका महिला हुन ।निवेदन दिनेले सम्म नवुझि निवेदन दिएकाे देखिन्छ ।यसरि नवुझि कसैलाई आच पुग्ने गरि किन निवेदन दिइयो , साे समेत छानविन गर्न  आबस्यक देखिन्छ। 

अन्य समाचारहरु