पाणिनीमा निजामती कर्मचारी दिवसको अवसरमा रक्दान कार्यक्रम सम्पन्न,अपेक्षा भन्दा धेरै रक्तदान

डिआरजी सुमन
दुर्गाफाँट,अर्घाखाँची । वुधवार, पाणिनी गाँउ पालिकाको केन्द्र दुर्गाफाँटमा आज एक कार्यक्रमका विच रक्दान शिविर सम्पन्न भएको छ । निजामती कर्मचारीदिबसको अवसरमा ब्यवसायिक र र्सिजनशीलता प्रशासन बिकास समृद्धि र सुसासन भन्ने मुल नाराका साथ पाणिनि गाँउमा कार्यरतनिजामती  कर्मचारीहरुले रक्तदान कार्यक्रम आयोजना गरि भव्य रुपमा दिवस मनाएका छन । पाणिनि गाँउ कार्यपालिकाको परिसरमाआयोजित रक्तदान कार्यक्रममा ६० यूनिट रक्त संकलन भएको आयोजकले जनाएको छ । 
पाणिनि गाँउ पालिका द्वारा आयोजित कार्यक्रममा पाणिनि गाँउ प्रमुख प्रशासनिक अधिकृत हुमलाल भुसालको अध्यक्षता,पाणिनि गाँउपालिका अध्यक्ष टेकराज न्यौपानेको प्रमुख आथित्यता,नेपाल रेडक्रास सोसायटी अर्घाखाँची का कोषाध्यक्ष तुल्सीराम पौडेल,नेपाल रेडक्रास सोसायटी रुपन्देही रक्तसंचार केन्द्र वुटवलका कर्मचारिको सहजीकरणमा कार्यक्रम सम्पन्न भएकोछ । पाणिनि गाँउ पालिकाको दुर्गाफाँटमा आयोजित एकदिने रक्दान कार्यक्रममा नेपाल रेडक्रास सोसायटी रुपन्देही रक्त संचार सेवा केन्द्र वुटवलका कर्मचारी चन्द्रझेडी,प्रशान्त अर्याल,गणेश खनालले पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपाने र प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसाल लाईसम्मान पत्र सम्मानित गरेका छन । 
पाणिनि गाँउ पालिका परिसरमा आयोजित कार्यक्रममा पाणिनि गाँउ पालिका कार्मचारी,जनप्रतिनिधी,सुरक्षा कर्मी,शिक्षक, स्वास्थ्यकर्मी,पत्रकार माधव वेल्वासे, सुभाष गौतम,घनेश्याम भट्टाराई लगायतले रक्दान गरेका थिए । पाणिनि गाँउ पालिका अध्यक्ष टेकराजन्यौपानेको प्रमुख आथित्यता सम्पन्न कार्यक्रमको संचालन पाणिनि गाँउ पालिका शिक्षा अधिकृत तेज वहादुर खनालको संचालनमाभएको थियो । – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।

अन्य समाचारहरु