अर्घाखाँचीका कलाकार मुकुन भुसाल द्वारा अभिनित चलचित्र झिङ्गे दाउले देशभर धमका पिटदै

अर्घाखाची डट्कम, सम्बाददाता । 
चलचित्र बुलबुल मार्फत अर्घाखाँची,गुल्मी भेगमा बोलिने लवजलाई देशव्यापी बनाएका कलाकार मुकुन भुसालले अभिनय गरेको भिमनिधि तिवारी को कृतिमा आधारित चलचित्र झिङ्गेदाउ ले राम्रो व्यापार गर्न सफल भएको छ।
अर्घाखाँचीका कलाकार मुकुन भुसाल द्वारा अभिनित चलचित्र झिङ्गे दाउले देशभर धमका पिटदै
यहि भाद्र १७ गते देखि देश भरका सिनेमा घर हरुमा प्रदर्शन भईरहेक‍ो चलचित्र झिङ्गेदाउ बक्स अफिसमा पर्न सफल हुनु साथै सिनेमा घर मा हाउस फुल भई अपार सफलता कायम गरेको छ।
अर्घाखाँचीका कलाकार मुकुन भुसाल द्वारा अभिनित चलचित्र झिङ्गे दाउले देशभर धमका पिटदै
ऐतिहासिक गाउले जीवनमा आधारित चलचित्र झिङ्गेदाऊ पर्दर्शनीको संघारमा बुलबुलबाट चर्चा कमाएका अर्घाखाँची का कलाकार मुकुन भुसालले अर्घाखाँची,गुल्मी लगायत का क्षेत्रका आम जनतालाई चलचित्र झिङ्गे दाऊलाई एक पटक हेरिदिन अनुरोध गरेका छन।
अर्घाखाँचीका कलाकार मुकुन भुसाल द्वारा अभिनित चलचित्र झिङ्गे दाउले देशभर धमका पिटदै
ज्ञानेन्द्र देउजा द्वारा निर्देशित चलचित्र झिङ्गे दाऊमा मुकुन भुसालको अलवा केकी अधिकारी,आचंल शर्मा,कुशल विष्ट लगायत का कलाकारहरुको अभिनय रहेको छ।