बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक

काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले बेलायतकी महारानी एलिजावेथ द्धितीयको निधनप्रति नेपाल सरकार गहिरो दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने भएको छ ।
भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरु तथा विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।