हराएको टुकुचा भेटिदैछ अहिले

हराएको टुकुचा भेटिदैछ अहिले

–  नवरश्मी निरु
हराएको टुकुचा भेटिदैछ अहिले 
इतिहासमा नाम लेखिदैछ अहिले 
देश बेच्न पल्केकाहरु हेर त 
बिकासको पथ टेकिदैछ अहिले 
साच्चिकै देशभक्त जन्मेकै हो देशमा 
घुस अनि अम्शबण्डा छेकिदैछ अहिले 
गर्छु भन्ने आट आएपछी पक्कै 
आ  गरेकाहरुको जिब्रो रेटिदैछ अहिले