पाणिनीमा वाल विकास शिक्षिका आन्दोलित, स्थानीय जनप्रतिनिधिलाई ज्ञापन पत्र वुझाउने कार्यक्रम सम्पन्न

डिआरजी सुमन 
दुर्गाफाँट, अर्घाखाँची । शुक्रबार ०७ असोज २०७९ । पाणिनि गाँउ पालिका स्थित विभिन्न विद्यालयमा अध्यापन गराउने वाल शिक्षकद्वारा सुक्रवार कार्य पालिका वैठकमै पुगेर जनप्रतिनिधीलाई ज्ञापन पत्र वुझाएका छन । 
बालविकास शिक्षक समिति पाणिनि गाँउपालिका वुझाईएको ज्ञापन पत्रमा “पाणिनि गाँउपालिका शिक्षा युवा तथा खेलकुद शाखालेआ.ब. २०७९/०८० प्रथम त्रैमासिकको तलब माग गर्न गरेको सुचना बमोजिम बालविकास शिक्षकहरुलाई गाँउपालिकाले उपलब्ध गराउँदैआएको मासिक रु. ७०००) बाट रु. २०००) घटाई मासिक रु. ५०००) माग गर्न निर्देशन गरेकोमा हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।खाईपाई आएको तलव सुविधा कटौती गरिनु आफैमा निन्दनीय र अन्यायपूर्ण कार्य हो,गाँउपालिकाका अन्य कुनैपनि कर्मचारीहरुकोतलव कटौती नगरी बालविकास शिक्षकहरुको मात्र तलय काटिनु अन्याय, पक्षपात र हेपाहा प्रवृति पूर्ण निर्णय हो, पाणिनिगाँउपालिकामा बालविकास शिक्षकहरुले आफ्ना मागहरु सम्बोधन गराउन पटक पटक आन्दोलन गर्नुपर्ने, आन्दोलनपछि प्राप्तउपलब्धिहरु स्थानिय सरकारको फेरबदल सँगै गुम्दै जानु जाफैमा खेदपूर्ण कार्य हो, बढ्दो महंगी तथा एउटै संस्थाभित्र ब्यापक जसमानतलव सुविधाका बावजुद पनि उच्च मनोबलका साथ विद्यार्थीको भविष्य कोरीरहेका हामी बालविकास शिक्षकहरु गाउँपालिकाको योविभेदपूर्ण निर्यणबाट बान्दोलित भएका छौ ture तपसिल बमोजिमका मागहरु सम्बोधनका लागि हार्दिक अपिल गर्दछौ । 
हाम्रा मागको विषयमा नजरअन्दाज गरी बेवास्ता गरिए चरणबद्ध आन्दोलन गर्ने जानकारी गराउदै यो ज्ञापन पत्र पेस गर्दछौ । हाम्रामागहरु : १. संघिय सरकारले तोके बमोजिम तलब भत्ताको सुनिश्चितता हुनु पर्ने । २. स्थानिय सरकारको स्वामित्व अन्तर्गत गत आ. व. ०७८०७९ देखि उपलब्ध गराई आएको मासिक रु. ७०००/- यबाबत राखी मासिक रु. २०००/- महंगी भत्ता समेत गरी (१०००० संघियसरकार, ७००० स्थानिय सरकार र रु २००० महंगी भत्ता गरी मासिक रु १९००० ) उपलब्ध गराउनु पर्ने । ३. शैक्षिक सामाग्री निर्माण तथापुनर्ताजगी तालिम उपलब्ध गराउनु पर्ने । ४. गाँउपालिका भित्रका बालविकास केन्द्रहरुमा शैक्षिक सामाग्री खेलसामाग्री तथा कक्षाकोठाव्यवस्थापनका , लागि विशेष कार्यक्रम लागु गर्नुपर्ने । ५. सेवारत शिक्षकहरुलाई पेसाप्रति थप समर्पित गराउन प्रोत्साहन सहितको थपव्यवस्था हुनुपर्ने ।
हालसम्म उपलब्ध गराइएको तलब आधा दिन बराबरको भएको तर बालविकास शिक्षकहरुलाई १० बजे खि ४ बजे सम्मनै विद्यालयमाखटाउने गरेकोले कार्य अवधि २ बजेसम्म मात्र हुनुपर्ने अन्यमा थप समय पत थप पारिश्रमिकताको व्यवस्था हुनुपर्ने । प्रत्येक वर्षगाउँपालिकाले उत्कृष्ट बालविकास केन्द्र छनौट गरी पुरस्कृत गर्ने तथा सम्पूर्ण बालविकास केन्द्रलाई न्यूनतम मापदण्डका आधारमासुविधा सम्पन्न बनाउनु पर्ने ।  विषय उल्लेख छ । पाणिनि गाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेलाई ज्ञापन पत्र वुझाउदै आफ्ना माँगपुरा गराउन ढिलाई नगर्न संघर्षरत टोलीले आग्रह गरेको छ । आफ्ना विभिन्न माँग सहित संघर्षरत शिक्षकको ज्ञापन पत्र वुझ्दै पाणिनिगाँउ पालिका अध्यक्ष टेकराज न्यौपानेले तत्काल माँग पुरा गर्न संभावना कम भएको वताउदै हिउदे अधिवेशन सम्म सम्वोधन गर्न पहलगरिने वताउनु भएको छ । पाणिनि गाँउ पालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भूसालले वाल शिक्षकको आन्दोलन प्रतिध्यानाकर्षण भएको भन्दै उल्लेखित माग तत्काल पुरा गर्नलाई विभिन्न समस्या रहेको वताउदै माँग पुरा गराउन अधिकतम प्रयत्न गर्नेवताउनु भएको छ । – तस्वीर डिआरजी सुमन/दुर्गाफाँट अर्घाखाँची ।

अन्य समाचारहरु