सिद्धारामा ब्राउन सुगर सहित २ जना प्रकाउ

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ९ सिद्धाराको भक्कुचोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ४ ग्राम ५ सय १० मिलिग्राम सहित २ जना प्रकाउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलबस्तु विजयनगर ४ गाउँपालिका-१ बस्ने २७ वर्षीय भगवान दास नाउ रहेका छन् । भने अर्का एक जनाको परिचय खुलेको छैन् ।  
अस्थायी प्रहरी पोष्ट सातमाराबाट खटिएको प्रहरीले लु.४ प २२ ३३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनीहरुलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको थियो ।

अन्य समाचारहरु