ठाडाको हिलेखोलाबाट ९ सय ग्राम गाँजा सहित १ जना प्रकाउ

अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर १२ ठाडाको हिलेखोलाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ग्राम सहित १ जना प्रकाउ परेका छन् ।
पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका-३ शिकटोहवा बस्ने २१ वर्षीय शिवनाथ गुप्ता रहेका छन् ।   
विशेष सूचानको आधारमा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले सोही ठाउँस्थित गल्दाबाट गोरूसिंङगेतर्फ पदैल जाँदै गरेका गुप्तालाई जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।

अन्य समाचारहरु